दाङको तुलसीपुरमा सडक बालबालिका व्यवस्थापन गरिदै



दाङको तुलसीपुरमा सडक बालबालिका व्यवस्थापन गरिदै

तुलसीपुर २१ पुस । दाङको तुलसीपुर उपमहानगरपालिकाले सडक बालबालिकाहरुको व्यवस्थापन सुरु गरेको छ । सडकमा रहेका बालबालिकालाई तुलसीपुर-६ स्थित दिदी घर संस्थामा राखिने गरि सहमति भएको छ । दिदी घरलाई ‘ट्राञ्जिट होम’ का रुपमा राख्ने गरी सम्झौता भएको तुलसीपुर उपमहानगरपालिकाका महिला, बालबालिका तथा सामाजिक विकास शाखा अधिकृत माया श्रेष्ठले बताइन् ।

उनका अनुसार सडक बालबालिका तथा बाल श्रमिकहरुलाई उद्दार गरी ४५ दिन दिदी घरमा राख्ने र त्यो बीचमा आफन्तलाई खोजी गरी जिम्मा लगाउने उनको भनाई छ । अहिले सडक बालबालिका र बाल श्रमिक बढी रहेकाले उपमहानगरपालिकालाई बालश्रममुक्त बनाउन यो अभियान थालिएको श्रेष्ठको भनाई छ । आपतकालिन एवं जोखिम अवस्थामा परेका बालबालिकाको संरक्षणका लागि यो कार्यक्रम सञ्चालन गर्न लागिएको श्रेष्ठको भनाई छ ।

उनका अनुसार आपत विपतमा परेका १८ वर्ष मुनिका जुन सुकै बालबालिकालाई ‘ट्राञ्जिट होम’ मा राखिने र पछि परिवारमा पुनस्र्थापना गरिने छ । यसका लागि उपमहानगरपालिकाले दुई लाख बजेट विनियोजन गरेको छ । अहिले दिदी घर संस्थामा १० जना साहाराविहीन बालबालिका आश्रित छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे