सरकारलाई काम गर्न नदिइएकै कारण प्रधानमन्त्रीले संसद बिघटन गर्नु परेको हाे : शान्ता चौधरी



सरकारलाई काम गर्न नदिइएकै कारण प्रधानमन्त्रीले संसद बिघटन गर्नु परेको हाे : शान्ता चौधरी

देउखुरी २१ पुस । नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य शान्त चौधरीले प्रचण्ड—नेपाल समुहले सरकारलाई काम गर्न नदिइएकै कारण प्रधानमन्त्रीले संसद बिघटन गर्नु परेको बताईन । साथै उनले जनताको मत लिन निर्वाचनमा जानू लोकतान्त्रिक बिधि र प्रकृया भएकोले संसद बिघटनलाई आश्चर्य मान्नु नपर्ने उनको भनाई छ ।

बृहत भेला कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डको कुर्सी मोहकै कारण अहिले देशमा राजनीति संकट उत्पन्न भएको बताईन । कार्यक्रममा बोल्दै नेता चौधरीले चुनाव चिन्ह सूर्य र मुल धारको पार्टी केपी ओली पक्षकै हुने दाबि समेत गरेकी छन ।

त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य रेवतीरमण शर्माले सूर्य चिन्ह र पार्टीको संस्थापन पक्ष प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलिकै पक्षकै भएको बताए । पार्टी र सरकारको बारेमा भ्रम सृजना गर्ने काम भैरहेको भन्दै भ्रममा नपर्न शर्माले आग्रह गरेका छन् । अहिले देखिएको संकटको समाधान गर्ने जिम्मेवारी पार्टि कार्यकर्ता र जनताको हाता रहेको पनि शर्माको भनाई छ ।

नेपाल कम्युनिस्ट पार्टी लमही संगठन कमिटीको आयोजनामा नगर स्तरीय बृहत भेला कार्यक्रममा घोराही उपमहानगरपालिका प्रमुख तथा नेकपाका केन्द्रीय सदस्य नरुलाल चौधरीले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रवादी, देश भक्त कुशल नेतृत्वकर्ता भएका कारण अझै पनि ओलीकै लोकप्रियता रहेको बताए ।

कार्यक्रममा प्रदेश सभा सदस्य तथा नेकपाका केन्द्रीय सदस्य सरस्वती गौतमले सरकारले जनताको पक्षमा धेरै राम्रो काम गरेकाले पार्टी भित्रबाटै घेराबन्दी गरिएको र निकाशको लागि संसद विघटन गरेर निकास दिएको बताईन ।

कार्यक्रममा नेकपाका जिल्ला सचिवालय सदस्य मनोहर बुढाथोकी, लमही नगरका सह(इञ्चार्ज नारायण डिसी छम्पाली, जिल्ला सदस्य तथा लमही खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष दण्डिराम चौधरी, जिल्ला सदस्य त्रिलोचन देवकोटा लगायतले बोलेका थिए ।

संगठन कमिटीका अध्यक्ष तथा लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीको अध्यक्षता तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य शान्त चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला सदस्य रतनकुमार केसीको स्वागत र कार्यक्रमको सहजीकरण जिल्ला सदस्य भानु जोशीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे