दाङ उद्योग बाणिज्य संघको अध्यक्षमा बुढाथोकी र कोषाध्यक्षमा पोख्रेल निर्वाचित (पदाधिकारीको नाम सहित)



दाङ उद्योग बाणिज्य संघको अध्यक्षमा बुढाथोकी र कोषाध्यक्षमा पोख्रेल निर्वाचित (पदाधिकारीको नाम सहित)

घाेराही २१ पुस । दाङ जिल्ला उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चयन भएको छ । जसमा अध्यक्ष र कोषाध्यक्ष पदमा निर्वाचन भएको हो । सोमवार भएको निर्वाचनमा दुवै पदमा सयुक्त प्यानलका उम्मेदवार विजयी भएका छन् । अध्यक्ष पदमा टंकसिंह बुढाथोकी र कोषध्यक्षमा शुसील पोख्रेल निर्वाचित भएका छन् । बुढाथोकीले १२५७ मत प्राप्त गरी निर्वाचित हुनु भएको निर्वाचन समितिले जनाएको छ । उहाका प्रतिद्धन्द्धी स्वतन्त्र उम्मेदवार बसन्त जोसीले १०१३ मत प्राप्त गरे ।

यस्तैगरी कोषाध्यक्ष पदमा सयुक्त प्यानलका उम्मेदवार सुसील पोख्रेलले १२६३ मत प्राप्त गरी निर्वाचित हुनु भएको छ भने उहाका प्रतिद्धन्द्धी स्वतन्त्र उम्मेदवार धनपति शर्माले ९८५ मत प्राप्त गरी पराजित हुन भएको समितिले बताएको छ । उद्योग बाणिज्य संघका ४३३८ मतदाता रहेकोमा २४३२ मत खसेको थियो ।

जसमा १५१ वटा मत बदर भएको थियो । अध्यक्ष र कोषाध्यक्ष पदमा सहमती हुन नसकेपछि दुई पदमा निर्वाचन भएको निर्वाचन समितिले जनाएको छ । अन्य पदमा भने सर्वसम्मत चयन भएको छ । निर्वाचन समितिका संयोजक शिव प्रसाद घिमिरेका अनुसार वरिष्ठ उपाध्यक्षमा नरेश कार्की, उद्योग उपाध्यक्षमा अनिल आचार्य, बाणिज्य उपाध्यक्षमा रामु प्रसाद पोख्रेल, महासचिवमा महेन्द्र बुढाथोकी, सचिवमा नरेश कुमार श्रेष्ठ, सहकोषाध्यक्षमा राजभक्त राना चयन भएका छन् ।

यस्तैगरी उद्योग सदस्यमा भरत रेग्मी, महिला सदस्यमा देवकला बस्नेत, एसोसियट सदस्यमा ज्ञान बहादुर बफार क्षेत्री, बस्तुगत सदस्यमा माधव खनाल, खुल्ला सदस्यहरुमा जुद्ध बहादुर घर्ति, जगत प्रसाद आचार्य, विकास वली, यकनारायण पौडेल, विष्णु प्रसाद रिजाल, लिलाराम खड्का, विनोद प्रसाद पाण्डे र विष्णु प्रसाद गौतम चयन भएका छन् ।

बाँकी थप दुई जना सदस्य पछि थप गरिने भएको छ । गएको शनिवार सम्पन्न भएको संघको १६ औँ साधारण सभा तथा अधिवेशनले आगामी कार्यकालका लागी नयाँ नेतृत्व चयन गरेको हो ।निर्वाचित पदाधिकारीहरुको पदभार तथा सपथ ग्रहण कार्यक्रम आगामी माघमा हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे