क्रिकेट प्रतियोगिताको उपाधीका लागी एपीएफ र प्रदेश १ भिड्दै



क्रिकेट प्रतियोगिताको उपाधीका लागी एपीएफ र प्रदेश १ भिड्दै

तुलसीपुर १९ पुस । दाङको लमहीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुदैछ । आईतवार हुने फाईनल खेलमा एपीएफ र प्रदेश नम्वर १ भिड्नेछन् । शनिबार भएको पहिलो सेमिफाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्दै एपीएफ प्रतियोगिताको फाइनलपुगेको हो ।

यस्तै शनिवार भएको दोस्रो खेलमा घरेलु टोली लुम्बिनी प्रदेशलाई १० विकेटले पराजित गर्दै प्रदेश १ प्रतियोगिताको फाइनल पुगेको हो । अब उपाधिका लागि प्रदेश १ र विभागीय टोली एपीएफ बिच प्रतिष्प्रर्धा हुने भएको छ । प्रतियोगिताको विजेताले नगद ५ लाख प्राप्त गर्नेछ । उप (विजेता टोलीले ३ लाख रुपैया, सेमिफाइनलबाट बाहिरिएका दुई टोली सुदूरपश्चिम र लुम्बिनीले समान २५÷२५ हजार प्राप्त गर्नेछन् । यस्तै विधागततर्फ सर्वोउत्कृष्ट खेलाडीले २१ हजार, उत्कृष्ट ब्याट्सम्यानले १० हजार, उत्कृष्ट बलरले ५ हजार प्राप्त गर्नेछन् । लमहीमा गएको पौष ११ गतेदेखी प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा आठ वटा टिमले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे