राप्ती गाउँपालिकाका दुई विद्यालयमा नयाँ ब्यवस्थापन समिति सर्वसम्मत चयन



राप्ती गाउँपालिकाका दुई विद्यालयमा नयाँ ब्यवस्थापन समिति सर्वसम्मत चयन

तिर्थराज ज्ञवाली, देउखुरी १४ पुस 

राप्ती गाउँपालिका अन्तरगतका दुई विद्यालयमा नयाँ ब्यवस्थापन समिति गठन गरिएको छ । राप्ती  गाउँपालिका शिक्षा शाखाको पहलमा वडा नं १ पाखापानी स्थीत नव प्रतिभा आधारभुत विद्यालय र वडा नं ३ बसन्तापुर स्थीत विपी आधारभुत विद्यालयमा नयाँ ब्यवस्थापन समिति गठन भएको हो ।

दुबै विद्यालयमा सम्पन्न अभिभावक भेलाले सर्ब सम्मत रुपमा नयाँ ब्यवस्थापन समिति चयन गरिएको छ । नव प्रतिभा आधारभुत विद्यालयको ब्यवस्थापन समिति गठन प्रक्रियामा राप्ती  गाउँपालिका शिक्षा शाखा प्रमुख विश्वास विक तथा विपी आधारभुत विद्यालयमा नयाँ समिति गठन शिक्षा शाखा सह संयोजक बासुदेव खनालको सहभागिता रहेको थियो ।

गठित ब्यवस्थापन समिति अन्तरगत नव प्रतिभा आधारभुत विद्यालय पाखापानीको अध्यक्षमा स्यामलाल पोख्रेल, शिक्षक अभिभावक संयोजकमा बिसाल ज्ञवाली लाई चयन गरिएको छ साथै विपी आधारभुत विद्यालय बसन्तापुरको अध्यक्षमा राकेश शर्मा र शिक्षक अभिभावक संयोजकमा काली प्रसाद चौधरी चयन भएका छन् ।

विपी आधारभुत विद्यालय बसन्तापुरको गठित ब्यवस्थापन समितिको सदस्यमा फुल कुमारी चौधरी, देवानन्द चौधरी, मगनीराम चौधरी, ललिता देवि चौधरी नेपाली, भावना मरासिनि र चन्दा चौधरी चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे