LISTEN LIVE RADIO

दाङमा कांग्रेसको बिरोध प्रर्दशन



दाङमा कांग्रेसको बिरोध प्रर्दशन

दाङ १३ पुस । संसद बिघटन बिरुद्ध नेपाली कांग्रेसले दाङका तिनवटै निर्बाचन क्षेत्रमा बिरोध प्रर्दशन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद बिघटनको कदम असंबैधानिक भएको भन्दै नेपाली कांग्रेस क्षेत्र नं. ३ को आयोजनामा सोमबार तुलसीपुरमा बिरोध प्रर्दशन भएको हो । तुलसीपुरस्थित क्षेत्रीय पार्टी कार्यालयबाट सुरु भएको बिरोध प्रर्दशन बिरेन्द्र चोक हुदै बीपी चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभा कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस दाङका पार्टी सभापति कृतिबहादुर खड्काले नेपाली कांग्रेसले स्थायी सरकार दिन सकेन भन्ने जस्ता नारा लगाएतका दुई तिहाई सरकारका नेताहरुले संसद बिघटन गरेर जनतालाई अपमान गरेको आरोप लगाए । जनताले ५ वर्षका लागी दिएको मतको अहिलेको दुई तिहाई सरकारले अपमान ग¥यो, उनले भने -अब नेपाली जनताले कम्युनिष्ट पार्टीलाई राम्रोसगं नियाल्न जरुरी छ, नत्र भने हामी जनता सधै दुःखका भागी हुने छौँ । उनले नेपाली कांग्रेस प्रजातन्त्रवादी पार्टी र जनताको हक अधिकारका लागी लड्ने पाटी भएकाले चुनावदेखि कहिल्यै पनि नडराउने बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका प्रदेश सांसद डिल्ली चौधरीले नेपाली जनताले बनाएको संविधानलाई दुई तिहाई सरकारले धुजा/धुजा पारेको भन्दै आक्रोस पोखे । लुम्बिनी प्रदेशका सांसद शंकर गिरीले संसद बिघटन गरेर वर्तमान सरकारले अलोकतान्त्रिक र अमर्यादित काम गरेको बताए ।

नेपाली काँग्रेस क्षेत्र नं. ३ का क्षेत्रीय सभापति जगतबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व सांसद गेहेन्द्र गिरी,नेपाली कांग्रेसकी नेतृ चित्रा गिरी,कांग्रेस युवा नेता युवराज खड्का,रमेश मल्ल लगाएतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे