देउखुरीकाे राप्ती गाउँपालिका वडा नं २ का जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण



देउखुरीकाे राप्ती गाउँपालिका वडा नं २ का जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

लालमटिया १३ पुस । राप्ती गाउँपालिका वडा नं २ मा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । विगतको वर्ष जस्तै यस वर्ष ७७ बर्ष देखी ८१ बर्ष विचका जेष्ठ नागरिकहरुलाई चिसोबाट केहि संरक्षण गर्नका लागि १ वटाका दरले कपासको सिरक वितरण गरिएको हो ।

राप्ती गाउँपालिका वडा नं २ को यस आर्थिक बर्ष २०७७।२०७८ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार २९ जना जेष्ठ नागरिकहरुलाई न्यानो कपडा उपलब्ध गराईएको वडा सचिव सीता भण्डारी आचार्यले जानकारी दिएकी छिन ।

वडा कार्यलयमा वडा अध्यक्ष जगत बहादुर थापाले जेष्ठ नागरिक लाई सिरक उपलब्ध गराउदै वडामा आउन नसक्ने ८७ बर्ष देखी ८१ बर्ष विचका जेष्ठ नागरिकहरुलाई वडा जनप्रतिनिधि तथा कर्मचारी घरमै गएर न्यानो कपडा वितरण गरिने बताएका छन ।

अध्यक्ष थापाले जेष्ठ नागरिक सबैका मार्गदर्शक, पथ प्रदर्शक, ज्ञानदाता, आदरणीय भएकोले सबैले जेष्ठ नागरिकको सम्मान र हेरचाह गर्नु पर्ने बताउनु भएको छ ।

यसै विच गत महिना वडा नं ७ मा ७४ वर्ष देखी ७७ वर्ष उमेरमा रहनु भएका ६५ जना बृद्ध बृद्धालाई न्यानो कपडा फाईवर सिरक उपलब्ध गरिएको र राप्ती गाउँपालिका तथा लुम्विनी प्रदेश मुख्यमन्त्रि ग्रामीण विकास कार्यक्रमको समन्वयमा ९ वटै वडाका ३१४ वढि जेष्ठ नागरिकलाई थरमस र लाईट उपलब्ध गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे