हरियाली साकोसको देउखुरीको सिसहनियाँमा तीज विशेष कार्यक्रम सम्पन्न (फाेटाे फिचर सहित)



हरियाली साकोसको देउखुरीको सिसहनियाँमा तीज विशेष कार्यक्रम सम्पन्न (फाेटाे फिचर सहित)

सन्तोषकुमार गुप्ता, सिसहनियाँ १४ भदौ ।

देउखुरीको राप्ती गाउँपालिका-५, सिसहनियाँमा रहेको हरियाली बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा शुक्रबार दाङ—देउखुरीको सिसहनियाँ स्थित प्रधानकार्यालयमा तीज विशेष कार्यक्रममा सम्पन्न भएको छ । संस्थाको महिला उप-समितीको आयोजनामा संस्थामा आबद्ध महिला शेयर सदस्यहरू संग तीज बिशेष कार्यक्रम सम्पन्न भएको हो ।

संस्थाको महिला उप—समिती संयोजक बिष्णुमाया घिमिरेको अध्यक्षता एवम् संस्थाका अध्यक्ष रेशमबहादुर थापाको प्रमुख आतिथ्यता तथा संस्थाका बरिष्ठ सल्लाहकार शिबध्वज मल्लको बिशिष्ट आतिथ्यतामा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । सो अबसरमा बोल्दै प्रमुख अतिथी थापाले सदस्यहरूलाई तीज मर्यादित रूपमा मनाउन र तीजलाई सांस्कृति पर्वहरूको रूपमा लिन सबैलाई सल्लाह सुझाब दिंदै उहाँले यस्ता पर्वहरूमा महिला संगठित हुन आग्रह समेत गर्नुभयो । उहाँले तीज हिन्दु नेपाली नारीहरूको सबै भन्दा ठुलो पर्व हो, यसलाई सांस्कृतिक पर्वका रूपमा मनाउनुपर्ने समेत बताउनुभयो ।

शिक्षा उपसमिती संयोजक हरिकला पाण्डेको स्वागत मन्तब्यबाट शुरू भएको कार्यक्रममा संस्थाका बरिष्ठ सल्लाहकार मल्लले संस्थाको संक्षिप्त परिचय सहित सहकारी संस्थामा नियमित बचत र संरक्षित पुजी फिर्ता कोषको महत्व लगायतका बिषयमा जानकारी दिनु भएको थियो । उहाँले अहिले सम्म संस्थाको अवस्थाका बारेमा जानकारी दिंदै अहिले सम्म संस्थाको वासलात ४३ करोड माथि रहेको र गत बर्षको नाफा १ करोड बढी भएको जानकारी समेत दिनुभयो ।

सो अवसरमा उपस्थिति महिला दिदीबहिनीहरूलाई सामुहिक दर समेत खुवाइएको थियो भने तीजका गीतमा नाच्दै महिला दिदीबहिनीहरू रमाउनु भएको थियो । कार्यक्रममा प्रधान कार्यालय संग आबद्ध पाँच सय बढी महिला शेयर सदस्यहरूको उपस्थिति रहेको थियो ।कार्यक्रममा ईलाका प्रहरी कार्यालय सिसहनियाँका प्रमुख मनोहर चौधरी, राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुनकुमार अधिकारी, मञ्चका बरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ता, मञ्चका महासचिव ओमप्रकाश गुप्ता र सञ्चारकर्मी मोतीराम भट्टराई लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन सञ्चालन संस्थाकी सचिव राधा पाण्डेले गर्नु भएको थियो ।

यसैबीच संस्थाले यही भदौ २९ गते शनिबार हुन लागेको संस्थाको सत्रौँ बार्षिक साधारणसभामा उपस्थितका लागि शेयर सदस्यहरूलाई निमन्त्रणा समेत गरिएको छ । संस्थामा हाल सम्म करिब ५ हजार बढी शेयर सदस्य रहेको संस्थाले जनाएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे