एमाले लुम्बिनीको संसदीय दलको नेतामा आचार्य र उपनेतामा श्रेष्ठ चयन



एमाले लुम्बिनीको संसदीय दलको नेतामा आचार्य र उपनेतामा श्रेष्ठ चयन

भालुवाङ १ भदाै । नेकपा एमाले लुम्बिनी संसदीय दलको नेतामा मुख्यमन्त्री चेतनारायण आचार्य चयन भएका छन् ।

साउन ७ गते संसदीय दलका नेताबाट लिला गिरीले राजिनामा दिएपछि आज पहिलो पटक एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठक बसेको हो । गिरीले यसअघि उपनेता रहेका चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाउने पार्टी केन्द्रको निर्णयप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका थिए । शनिबार बुटवल स्थित मुख्यमन्त्री निकासमा बसेको दलको बैठकले आचार्यलाई दलको नेता र उपनेतामा भोजप्रसाद श्रेष्ठलाई बनाउने निर्णय गरेको भौतिक पूर्वाधारमन्त्री भूमिश्वर ढकालले जानकारी दिए । त्यसैगरी प्रमुख सचेतकमा यसअघि पनि सोही पदमै रहेका तुलसीप्रसाद चौधरीले जिम्मेवारी पाएका छन् भने सचेतकमा राेल्पाकी यमुना राेका चयन भएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे