नेपाल मगर संघ राप्तीको अध्यक्षमा धर्नीराम घर्तीमगर चयन



नेपाल मगर संघ राप्तीको अध्यक्षमा धर्नीराम घर्तीमगर चयन

बिरेन्द्र गिरी, भालुवाङ ६ पुस ।

नेपाल मगर संघ राप्ती गाउँपालिका कमिटीको प्रथम अधिबेशनको बन्दसत्रले धनिराम घर्तीमगरको अध्यक्षतामा ३ सदस्य पछि मनोनय गर्ने गरी १५ सदस्यीय नयाँ कार्य समिती सर्वसम्मत चयन गरेको छ ।

जसको उपाध्यक्षमा रेमबहादुर रोकामगर, सचिवमा हिराबहादुर पुन झाँक्रीमगर, सह—सचिवमा जितबहादुर घर्तीमगर र कोषाध्यक्षमा निर्मला रानामगर चयन भएका छन् । त्यसैगरी समितीको सदस्यहरुमा धनमाया थापा, चन्द्रबहादुर रोकामगर, प्रेमली घर्तीमगर, बेलबहादुर बुढामगर, भुसले घर्तीमगर र हेमराज रोका रहेका छन् ।

अधिबेशनले संघको सल्लाहकारमा संघकै पूर्व अध्यक्ष पदमबहादुर पुनलाई चयन गरेको छ भने बाँकी सल्लाहकार संघको पहिलो बैठकले मनोनयन गरिने बताइएको छ । नवर्विाचित पद्धमधिकारीहरुलाई संघका दाङ जिल्ला अध्यक्ष खल्लुप्रसाद पुनमगरले पद तथा गोपिनीयताको सपथ गराएका थिए ।

बाँकी तीन सदस्य नबनिर्बाचित समितीको पहिलो बैठकले मनोनयन गर्ने संघका नवनिर्वाचित अध्यक्ष धनीराम घर्तीमगरले जानकारी दिएका छन् । समितीको पहिलो बैठक माघ ११ गते बस्ने भएको छ । संघको पहिलो अधिबेशन उद्धघाटन पुस ४ गते शनिबार देउखुरीको राप्ती गाउँपालिका वार्ड नम्बर ३ श्रीचौर मसुरियामा संघका प्रदेश सदस्य भिमप्रकाश पुनले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे