नेकपा संसदीयदलको बैठक बस्दै, दलहरु आन्तरिक छलफलमा



नेकपा संसदीयदलको बैठक बस्दै, दलहरु आन्तरिक छलफलमा

काठमाण्डौ, ६ पुस । प्रतिनिधिसभा विघटन र मध्यावधिचुनाव घोषणासँगै दलहरु आन्तरिक छलफलमा जुटेका छन् । आजबिहानैबाट छलफलहरु सुरु भएका छन् । प्रमुखप्रतिपक्षी नेपाली काँग्रेस सहितका विपक्षीदलहरुको बैठक आज बस्दैछ । नेकपा एमालेले स्थायी समितिको बैठक बोलाएको छ । प्रधानमन्त्री केपीशर्मा ओलीले पनि आफू निकट नेता र सांसदहरुसँग छलफल सुरु गरिसक्नु भएको छ ।

प्रधानमन्त्री ओलीले हिजो मन्त्रिपरिषद्को बैठक राखेर प्रतिनिधिसभा विघटनको सिफारिस गर्नुभएको थियो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै वैशाख १७ र २७गते नयाँचुनावको घोषणा गर्नुभएको हो ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीयदलको बैठक आज बस्दैछ । दिउँसो १ बजे नयाँबानेश्वरमा नेकपा संसदीयदलको बैठक बस्ने बताइएको छ ।

आजै दिउँसो ३ बजे स्थायी कमिटीको बैठक पनिबस्ने नेकपाका प्रवक्ताना रायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।प्रधानमन्त्री केपीशर्मा ओलीले हिजो संसद विघटन गर्ने निर्णय गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेपछि उत्पन्न परिस्थितिको विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे