संसद भंङ्ग भएकै दिन नेकपा दाङलाई ठुलो झट्का, नेकपाका साढे ४ सय बढी नेता कार्यकर्ता जसपामा प्रबेश



संसद भंङ्ग भएकै दिन नेकपा दाङलाई ठुलो झट्का, नेकपाका साढे ४ सय बढी नेता कार्यकर्ता जसपामा प्रबेश

ओलीको कदमले संघीयता र गणतन्त्र खतरामा : यादव

सन्तोषकुमार गुप्ता, देउखुरी ५ पुस ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार (आज) प्रतिनिधिसभा संसद भंङ्ग गरेकै दिन सत्तारुट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङलाई ठुलो झट्का लागेको छ । समाजवादी महिला संघ लुम्बिनी प्रदेशले आइतबार देउखुरीको लमहीमा आयोजना गरेको प्रशिक्षण उद्घाटन कार्यक्रममा नेकपा परित्याग गरी साढे चार सय नेता कार्यकर्ता जनता समाजवादी पार्टी नेपालमा प्रबेश गरेपछि नेकपा दाङलाई ठुलो झट्का लागेको हो ।

नेकपाका पूर्व जिल्ला सदस्य तथा राप्ती गाउँ कमिटीका मुद्धा विभाग प्रमुख टोपबहादुर कार्कीको नेतृत्वमा देउखुरीको राप्ती, गढवा, राजपुर गाउँपालिका र लमही नगरपालिकाका नेकपा पार्टी तथा उसको विभिन्न भातृ संगठनका ४ सय ५१ जना नेता कार्यकर्ताहरु जनता समाजवादी पार्टी नेपालमा प्रबेश गरेका हुन् । यसरी पार्टी प्रबेश गर्नेहरुमा नेकपाका पूर्व जनमुक्ति सेनाकी सहायक कमाण्डर अनिता पाण्डे, प्रेमबहादुर जिसी, गोमा बिष्ट, शंकर चौधरी, रामबहादुर कँवर योगी, सुरेश मुक्तान, सोमप्रकाश कुमाल, मोनिका बुढाथोकी बसन्तकुमार कार्की, पबित्रा कार्की, गिता कार्की र हिमा कार्की लगायत ४ सय ५१ जना रहेका छन् । नबपार्टी प्रबेशीहरुलाई जनता समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले फूलमाला र टिका लगाएर पार्टी प्रबेश गराएका थिए ।

लमहीमा दुई दिने राजनैतिक प्रशिक्षण कार्यक्रमको अध्यक्ष यादवद्धारा उद्घाटन
देउखुरीको लमहीमा आइतबार देखि दुई दिने लुम्बिनी प्रदेशस्तरिय नेतृत्व विकास, एवम् राजनैतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रमको जनता समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले उद्घाटन गरेका छन् । समाजवादी महिला संघ लुम्बिनी प्रदेशको आयोजनामा आईतबार देखि देउखुरीको लमहीमा शुरु भएको प्रशिक्षण कार्यक्रमकोे उद्घाटन गर्दै पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री यादवले संसद विघटन गर्ने निर्णय संविधान विपरीत भएको बताएका छन् ।

उनले राष्ट्रपतिबाट प्रमाणित भए अदालतबाट निर्णय बदर हुने बताएका छन् । संविधानले प्रधानमन्त्रीलाइ संसद विघटन गर्ने कुनै पनि बिशेष अधिकार दिएको छैन, यादवले भने । यो संसद बिघटनले संघीयता र गणतन्त्र खतरामा परेको बताए । अध्यक्ष यादवले भने— यो संघीय गणतन्त्र माथिको प्रहार । यसले प्रतिगमनलाई फाइदा पुग्छ । राष्ट्रपति संविधानको संरक्षक भएको भन्दै सिफारिस स्वीकृति गर्न नहुने तर्क गर्दै उनले भने राष्ट्रपतिबाट पनि स्वीकृति पायो । अदालतबाट पनि रोक्न सकिएन भने हामी जनता माझ जान्छौं, यादवले भने ।

जनताको बलबाट संसद विघटन गर्ने निर्णय फिर्ता गराउने उनले बताए । पार्टी भित्रको समस्या समाधान गर्न नसकेर देशलाई नै दुर्घटना तर्फ ढकेल्ने प्रयास भयो भने हामी यो कार्यको सशक्त विरोधमा उत्रन्छौँ, यादवले भने ।’

समाजवादी महिला संघ लुम्बिनी प्रदेशकी अध्यक्ष गिता श्रीवास्तवको अध्यक्षतामा भएको प्रशिक्षण उद्घाटन कार्यक्रममा कार्यक्रममा पार्टीका केन्द्रिय कार्यकारणी सदस्य तथा प्रचार—प्रसार विभाग प्रमुख डम्मर खतिवडा, केन्द्रिय कार्यकारणी सदस्य दुर्गा सोप, केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष असोककुमार यादव, केन्द्रिय सदस्य मनिकर कार्की र अब्दुल रहमान खान लगायतले समसामयिक राजनैतिक बिषयमा मन्तव्य ब्यक्त गरेका थिए ।

आइतबार बिहान १० बजे देखि लमहीको थारु कल्याणकारी सभा क्षेत्रिय समिती लमहीको सभाहलमा शुरु भएको प्रशिक्षण कार्यक्रममा लुम्बिनी प्रदेशको १२ वटा जिल्लाका १ सय ५० जना बढी महिला नेता कार्यकर्ताहरुको सहभागिता रहने समाजवादी महिला संघ लुम्बिनी प्रदेशकी अध्यक्ष गिता श्रीवास्तवले जानकारी दिइकी छिन् । प्रशिक्षणको पहिलो दिन आईतबार पार्टी अध्यक्ष उपेन्द्र यादव र केन्द्रिय सदस्य मनिकर कार्कीले प्रशिक्षण दिएका छन् भने सोमबार पार्टीका प्रचार—प्रसार विभाग प्रमुख डम्मर खतिवडा, केन्द्रिय कार्यकारणी सदस्य दुर्गा सोपले प्रशिक्षण दिने कार्यक्रम रहेको जसपा दाङका अध्यक्ष होमप्रसाद शर्माले जानकारी दिएका छन् । प्रशिक्षण उद्घाटन कार्यक्रमको सञ्चालन समाजवादी महिला संघ लुम्बिनी प्रदेश कमिटी सदस्य लक्ष्मी चौधरीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे