दयाराम चाैधरीले आफ्नो ३८ औं जन्म दिनमा भिम बगैचामा आँपका बिरुवा रोपेर मनाए



दयाराम चाैधरीले आफ्नो ३८ औं जन्म दिनमा भिम बगैचामा आँपका बिरुवा रोपेर मनाए

भालुवाङ २८ असार । दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ माैरीघाटका दयाराम चाैधरीले आफ्नो ३८ औं जन्म दिनमा आँपका बिरुवा रोपेर मनाएका छन् ।

युवा समाजसेवी तथा राष्ट्रिय पशु प्रजनन कार्यालय नेपालगंजमा कार्यरत चौधरीले आफ्नो जन्म दिनको अवसरमा सोही वडाकै शान्ति सामुदायिक वन भित्र रहेको भिम बगैंचामा ३५ वटा दशहरी र ४० वटा अम्रपाली जातको आँपका बिरुवा रोपेर जन्म दिन मनाएका हुन् ।

नेपाल कृषि अनुसन्धान निर्देशानलय खजुरा बाँकेबाट ६ हजार ७ सय ५० रूपैयाँको लगानीमा खरिद गरि सो बिरुवा अघिल्लो दिन राप्ती गाउँपालिका ४ नम्बर वडा कार्यालयमा जिम्मा लगाएर शुक्रबार जनप्रतिनिधि, कर्मचारी, सामुदायिक वनका प्रतिनिधि तथा स्थानीयको उपस्थितिमा चाैधरी ती आँपका बिरुवा रोपेर जन्म दिन मनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे