राप्तीमा बाल पोषण प्रतियोगिता कार्यक्रम सम्पन्न



राप्तीमा बाल पोषण प्रतियोगिता कार्यक्रम सम्पन्न

देउखुरी ३० जेठ। दाङको राप्ती गाउँपालिकामा बुधबार बाल पोषण प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ।

प्रतियोगितामा स्वास्थ्य संस्थाबाट प्रत्येक महिना बच्चाको नाप लिएको वा नलिएको, बच्चाको उमेर र उचाइ अनुसारको ताैलकाे अवस्था, पूर्ण खाेप लगाएको वा नलगाएकाे लगायतको विषयमा मूल्याङ्कन गरि उत्कृष्ट बालबालिका छनाेट गरिएको हाे । प्रतियोगितामा राप्ती गाउँपालिका वडा नम्बर ३ कि फुल कुमारी चाैधरीकाे छाेरी लक्ष्मी चाैधरी प्रथम, वडा नम्बर ५ कि उमादेवि थापाकी छाेरी दिपसना थापा द्वितीय र वडा नम्बर ६ की उमा चाैधरीकी छाेरा आयान चाैधरी तृतीय भएका छन्। पालिकाले प्रथम,द्वितीय र तृतीय हुने बालबालिकाहरुलाई करसहित क्रमश तीन हजार, दुई हजार पाँच सय र दुई हजार रुपैयाँ नगदसहित सम्मान गरेको छ।

पालिकाले स्वास्थ्य अधिकृत तथा पाेषण कार्यक्रमका संयाेजक धन बहादुर बुढा क्षेत्रीकाे संयाेजकत्वमा एक मूल्यांकन समिति गठन गरि ९ वटै वडामा रहेको स्वास्थ्य संस्थाबाट पाँच वर्ष मुनिका बालबालिकाहरुकाे नाप, उमेर र उचाइ अनुसारको ताैलकाे अवस्था तथा पूर्ण खाेप लगाएको वा नलगाएकाे विवरण संकलन गरि उत्कृष्ट छनाेट गरेको हाे। राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरीकाे अध्यक्षता सम्पन्न उक्त प्रतियोगितामा वडा नम्बर ३ का वडा अध्यक्ष उमेश अधिकारी, विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी, शिक्षक, बालबालिका तथा अभिभावकहरुकाे सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे