दाङमा चक्कु प्रहारबाट घाइते भएका युवकको उपचारको क्रममा मृत्यु



दाङमा चक्कु प्रहारबाट घाइते भएका युवकको उपचारको क्रममा मृत्यु

दाङ ३१ जेठ । दाङमा चक्कु प्रहारबाट घाइते भएका युवकको उपचारको क्रममा मृत्यु भएको छ ।

जिल्लाको तुलसीपुरमा मङ्गलबार राती चक्कु प्रहारबाट घाइते भएका तुलसीपुर–४ का २४ वर्षीय गोरखलाल खड्काको भारतको लखनउमा उपचारकै क्रममा गएराती मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी प्रकाश थापाले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार घर नजिकै बसिरहेको अवस्थामा सामान्य विवादका कारण मङ्गलबार राती युवाहरुको समुहले खड्कामाथि चक्कु प्रहार गरेको थियो । चक्कु प्रहारबाट गम्भीर घाइते भएका खड्कालाई राप्ती प्रादेशिक अस्पतालमा प्राथमिक उपचारपछि नेपालगञ्ज हुदै थप उपचारका लागि भारतको लखनउ रेफर गरिएको थियो ।

उपचारकै क्रममा उनको गएराती सवा ९ बजेतिर मृत्यु भएको हो । चक्कु प्रहार गरेको आरोपमा सोही ठाउँका २१ वर्षीय पवन केसी, १८ वर्षीय झक्कु वली र अन्दाजी २०/२२ वर्षका विकास पुनलाई प्रहरीले पक्राउ गरेको थियो । जसमा दुईजनाको मात्रै घटनामा संलग्नता देखिएकाले उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे