अत्यधिक गर्मी बढेपछि राप्ती सहित देउखुरीका ३ पालिकाद्वारा सवै विद्यालयमा गर्मी बिदा



अत्यधिक गर्मी बढेपछि राप्ती सहित देउखुरीका ३ पालिकाद्वारा सवै विद्यालयमा गर्मी बिदा

देउखुरी १६ जेठ । २/३ दिन देखि अत्यधिक गर्मी बढेपछि दाङको राप्ती गाउँपालिका सहित देउखुरीका ३ वटा पालिकाले  सबै विद्यालयमा २ दिनका लागि बिदा दिएका छन् ।

निरन्तर बढिरहेको गर्मीका कारण बालबालिकाहरुको स्वास्थ्यमा समस्या देखिन थालेपछि देउखुरीको राप्ती, राजपुर गाउँपालिका र लमही नगरपालिकाले सुचना जारी गरि जेठ १७ र १८ गते गरि २ दिनका लागि विद्यालय बिदा दिएका छन् ।

राप्ती गाउँपालिकाको बुधबार बसेको राप्ती गाउँपालिका गाउँशिक्षा समितिको आकस्मिक बैठकले गाउँपालिका भित्रका सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरुमा जेठ १७ र १८ गते २ दिनका लागि विद्यालयकाे पठनपाठन स्थगन गर्ने निर्णय गर्दै सबै विद्यालयहरु बिदा गर्ने निर्णय गरिएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले जानकारी दिएका छन् ।

दुई दिन पछि पनि मौसममा सुधार नआएको खण्डमा उक्त विदालाई पुनः थप गर्ने समेत जारी सुचनामा उल्लेख गरिएको छ । हिउँदे र वर्षे विदाबाट कट्टी हुने गरी विद्यालयहरु बन्द गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे