दिवंगत सवारी चालक गुप्ताको परिवारलाई झण्डै ७३ हजार सहयोग



दिवंगत सवारी चालक गुप्ताको परिवारलाई झण्डै ७३ हजार सहयोग

घोराही १ पुस । जिल्ला प्रशासन कार्यालय दाङमा सवारी चालकको रुपमा कार्यरत रहदा निधन भएका गुरुप्रसाद गुप्ताको परिवारलाई झण्डै ७३ हजार रुपैयाँ सहयोग प्रदान भएको छ । विभिन्न सरकार कार्यालयमा कार्यरत सवारी चालक तथा अन्य कर्मचारीहरुले संकलन गरेको ७२ हजार ९ सय ३० रुपैयाँ दिवंगत गुरुप्रसादका श्रीमती ज्योती गुप्तालाई हस्तान्तरण गरिएको हो ।

चालकहरुले उक्त रकम सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवी रानालाई उपलब्ध गराएको र उहाँले ज्योती गुप्तालाई हस्तान्तरण गर्नुभएको छ । हल्का सवारी चालक इश्वरी प्रसाद रावत, सेवककुमार बस्नेत, गोबिन्द विक, श्रीधर साहु, विकास विक र गोविन्द चौधरीले विभिन्न कार्यालयका १ सय २९ जना चालक तथा कर्मचारीहरुबाट संकलन गरेको उक्त रकम दिवंगत गुरुप्रसादको परिवारलाई उपलब्ध गराएका हुन् ।

प्रशासनका प्रशासकिय अधिकृत अमरराज शर्मा र यामबहादुर बुढामगरको समेत सहयोग रकम हस्तान्तरण कार्यक्रममा सहभागिता रहेको थियो । गएको मंसिर २२ गते उपचारको क्रममा चालक गुरुप्रसादको बाँकेमा निधन भएको थियो । गुप्ता बे्रन ट्यूमरको समस्याबाट पिडित थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे