देउखुरीकाेअमिलियामा सल्यानका एक युवक मृत अवस्थामा भेटिए



देउखुरीकाेअमिलियामा सल्यानका एक युवक मृत अवस्थामा भेटिए

अमिलिया २७ मंसिर । देउखुरीमा एक ब्यक्तिको शव फेला परेको छ । दाङ लमही नगरपालिका वडा नम्बर ९ अमिलियामा सल्यान जिल्ला कपुरकोट गाउँपालिका सिस्नेरीका अन्दाजी ३० वर्षिय नवीन रोका क्षेत्री रहेको ईलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक खीम बहादुर घर्ती मगरले जानकारी दिए ।

स्थायी घर सल्यान भए पनि मृतक रोका क्षेत्री केही समय देखि अमिलियामा ज्यामी काम गर्दै आएका थिए । दिनभर ज्याला मजुरी काम गर्ने गरेको स्थानीयले बताएका छन। काम गर्ने पाएको पैसाले जाँड रक्सी खाने रैछन शुक्रवार पनि खाएर हिड्दै जाँदा खानेपानीको पाइप बिच्छ्याउने नालिमा खसेर मृत्यु भएको हाम्रो अनुमान छ,यो घटना रातको करिब ९ बजे तिरको होला प्रहरी निरीक्षक घर्ती मगरले भने ।

अहिले अमिलिया प्रहरी घटनास्थलमा पुगेको छ भने मृतकका आफन्तलाई सम्पर्कमा ल्याउने काम भैरहेको प्रहरीले जनाएको छ । मृतकको शबलाई पोष्टमार्टम पछि आफन्तलाई जिम्मा लगाइने अमिलिया प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे