गढवामा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान समिक्षा सहित समापन



गढवामा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान समिक्षा सहित समापन

शिबराज पन्थी, गढवा २६ मंसिर ।

मंसिर १० गतेबाट सुरु भएको लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको गढवा गाउँपालिकाले बिहिवार समिक्षा सहित समापन गरेको छ । गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरीको अध्यक्षता र गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यमा समापन कार्यक्रम गरिएको हो ।

मंसिर १० गते र्याली सहित गढवा बजारमा कोणसभा गरि गाउँपालिकाका सबै वडाहरुका पनि दुर्गम बस्तिहरुमा सचेतना कार्यक्रम संचालन गरि यसबर्षको अभियानलाई समापन गरिएको गाउँपालिकाले जनाएको छ । कार्यक्रममा सहभागि संघसंस्थाका प्रतिनिधि र महिला अधिकारकर्मिहरुले गाउँ बस्तिमा सचेतना कार्यक्रम लैजादा पिछडिएका समुदायमा पनि राम्रो चेतना प्रबाह भएको बताएका थिए ।

कार्यक्रममा बोल्दै अध्यक्ष यादवले १६ दिने अभियानमा खट्नुहुने सबैलाई धन्यवाद दिदै लैगिक हिंसालाई न्यूनिकरण गर्न आफ्नै घर तथा टोलबाट सबै सचेत हुनुपर्ने बताए । कार्यक्रम संचालनका बेला भएका केहि कमि कमजोरीहरुलाई सच्याउदै आगामी कार्यक्रमका लागि सिकाई कार्यान्वयनमा जोड दिने उनको भनाई थियो ।

सो अवसरमा बोल्दै उपाध्यक्ष शान्ती चौधरीले घर, परिवार र सरकारी कार्यालयमा समेत महिलामाथी गरिने बिभेदको अन्त्य गर्न र अभियानको क्रममा दुर्गम वस्तीबाट आएका समस्यालाई बुझ्दै आगामी दिनमा थप प्रभावकारी ढंगले कार्यक्रम संचालन गर्ने बताइन् । कार्यक्रमको सहजीकरण महिला तथा बालबालिका शाखाका कर्मचारी सुरेश पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे