जिल्लाकाे सबै स्थानीय तहमा विरोधसभा गर्ने राजमो दाङको घाेषणा(विज्ञप्तीकाे पूर्णपाठ सहित)



जिल्लाकाे सबै स्थानीय तहमा विरोधसभा गर्ने राजमो दाङको घाेषणा(विज्ञप्तीकाे पूर्णपाठ सहित)

दाङ २६ मंसिर । राष्ट्रिय जनमोर्चा, दाङले जिल्लाका सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्ने घाेरणा गरेको छ । पार्टीको केन्द्रीय कार्यक्रम अन्तर्गत ‘गणतन्त्र, धर्म निरपेक्षता र राष्ट्रियताको रक्षा गरौँ, संघीयता र भ्रष्टाचारका विरुद्ध संघर्ष गरौँ’ भन्ने मूल नाराका साथ जिल्लाका दशवटै पालिकाहरुमा विरोध कार्यक्रम गर्ने निर्णय गरेको हो ।

राजमोले विरोध सभाका मिति र बोल्ने वक्ताहरु समेत ठेगान गरेको छ । जस अनुसार, राप्तीमा पौष १३ गते हुने कार्यक्रमलाई पार्टीका केन्द्रीय कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले सम्बोधन गर्ने निर्णय गरेकाे छ ।

यस्तै, सान्तिनगरमा मंसिर २८ गते, घोराहीमा पौष ८ गते, गढवामा पौष १२ गते, बङगलाचुलीमा पौष १६ गते र बबईमा पौष १५ कार्यक्रम तय गरिएको छ । ती सभामा प्रमुख वक्ताको रुपमा जिल्ला अध्यक्ष गणेश आचार्यले सम्बोधन गर्नेछन् ।

यसैगरी, दङिसरणमा पौष ६ गते ऋषिराम पौडेल, तुलसीपुरमा पौष ७ गते कमला जिसी र लमहीमा पौष ११ गतेको कार्यक्रममा रेशम बिसीले प्रमुख वक्ताको रुपमा सम्बोधन गर्नेछन् भने राजपुरमा पछि ठेगान गरिने जनाइएको छ ।

पौष महिनाभरी संगठन बिस्तार अभियान सञ्चालन गर्ने र माघको पहिलो हप्ता जिल्ला समितिको बैठक बसी राष्ट्रिय सम्मेलन केन्द्रित विभिन्न कार्यक्रमहरु तर्जुमा गर्ने निर्णय पनि गरेको छ ।

जिल्लाका विभिन्न ठाउँमा प्राकृतिक श्रोतहरु उत्खनन गर्दा सरकारी मापदण्ड कुल्चने, प्रभावित नागरिकहरुको समस्यालाई नजरअन्दाज गरिएकोप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै राजमोले त्यसको वास्तविक अबस्था पहिचान गरी जनतालाई साथ दिने निर्णय भएको जनाएको छ ।

‘बङगलाचुली ६ को तिमिले क्षेत्रमा स्थानिय नागरिकको असहमति हुँदाहुँदै जबर्जस्त चुनढुङ्गा उत्खननको लागि स्थानीय सरकारले नै अगुवाई गरिरहेको छ । यो ज्यादै नै दुःख को कुरा हो । हामी त्यहाका स्थानीय नागरिकको अबिलम्ब माग पूरा गर्न जोड दिन चाहन्छौँ’ जिल्ला अध्यक्ष गणेश आचार्यद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

यस्ताे छ – बिज्ञप्तीकाे पूर्णपाठ

राष्ट्रिय जनमोर्चा जिल्ला समिती दाङ देउखुरी

विषय – प्रेस बिज्ञप्ती

राष्ट्रिय जनमोर्चा जिल्ला समिती दाङ देउखुरीको बैठक अध्यक्ष गणेश आचार्य को अध्यक्षतामा घोराहीमा सम्पन्न भएको छ । बैठक ले गरेका निर्णयहरु सार्बजनिक गर्न यो प्रेस बिज्ञप्ती जारी गरिएको छ । अहिले २०६२/६३ को जनआन्दोलन बाट प्राप्त भएका गणतन्त्र, धर्म निरपेक्षता लगायतका प्रगतिशील उपलब्धीहरुका विरुद्ध आबाजहरु उठन थालेका छ्न ।

हामिले लामो आन्दोलन पछि संविधान सभाको निर्वाचन द्वारा बनेको संविधानमा ती उपलब्धिहरु समेटन सफल भएका थियो । सरकार उपलब्धिहरुको रक्षा गर्ने , जनमुखी कामहरु गरेर जनताको भरोसाको केन्द्र बन्ने भन्दा पनि सत्ता स्वार्थको फोहोरी खेलमा लागेर उल्टै बदनाम हुने काम गरेको छ । यसै मौकामा विभिन्न शक्ति केन्द्र र प्रतिगामिहरु चलखेल गर्न खोजेका छ्न । यो अबस्थामा गणतन्त्र पक्षधरहरु सचेत रहदै सहकार्य गर्न जरुरी छ । भ्रष्टाचारले देश नै बदनाम भएको छ । भ्रष्टाचारमा एसिया कै पहिलो देश नेपाल भन्ने रिपोर्टले स्वाभिमानी नेपाली नागरीक को सिर झुकेको छ । त्यसैले यसका विरुद्ध ससक्त कार्यक्रम को खाचो छ । संघीयताका कारण राज्यको अरबौ सम्पत्ती स्वाहा भएको छ तर त्यसको कुनै उपलब्धि छैन । त्यसैले यसको खारेज गर्न जरुरी छ । भारतीय साम्राज्यवाद द्वारा नेपालको राष्ट्रियता माथी हस्तक्षेप भैराखेको छ । लिपुलेक र कालापनी क्षेत्रको नेपाली भुमी उसले आफ्नो नक्सामा सामेल गरेको छ ।

यसै अबस्थालाइ मध्यनजर गरेर ” गणतन्त्र , धर्म निरपेक्षता र राष्ट्रियताको रक्षा गरौ , संघीयता र भ्रष्टाचारका विरुद्ध संघर्स गरौ ” भन्ने मुल नाराका साथ जिल्लाका दशै पालिकाहरुमा बिरोध कार्यक्रम गर्ने निर्णय भएको छ । जस अनुसार सान्तिनगरमा मंसिर २८ गते, जसको प्रमुख बक्ता गणेश आचार्य , दङिसरणमा पौष ६ गते प्रमुख बक्ता ऋषिराम पौडेल , तुलसीपुरमा पौष ७ गते प्रमुख बक्ता कमला जि सि , घोराहीमा पौष ८ गते प्रमुख बक्ता गणेश आचार्य लमहीमा पौष ११ गते प्रमुख बक्ता रेशम बि सि, गढवामा पौष १२ गते प्रमुख बक्ता गणेश आचार्य राप्तीमा पौष १३ गते प्रमुख बक्ता रस्मिराज नेपाली, बङगलाचुलीमा पौष १६ गते प्रमुख बक्ता गणेश आचार्य , बबईमा पौष १५ गते प्रमुख बक्ता गणेश आचार्य राजपुरमा पछि ठेगान गरिने छ ।

जनताको लेबलमा राष्ट्रिय जनमोर्चा प्रती आकर्षण बढेको हुदा पौष महिना भरी संगठन बिस्तार अभियान संचालन गर्ने र माघको पहिलो हप्ता जिल्लाको बैठक बसी राष्ट्रिय सम्मेलन केन्द्रित विभिन्न कार्यक्रमहरु तर्जुमा गर्ने निर्णय भएको छ । संगठन बिस्तार को क्रममा जिल्लाका सबै पालिकामा वाडा सम्मका बैठक बसाल्ने, समिती नभएकोमा गठन गर्ने र आबस्यक ठाउमा पुनर्गठन समेत गरिने छ ।

यसरी पार्टी संगठन जिल्लाका सबै वडाहरुमा सक्रिय हुनेछ । जिल्लाका विभिन्न ठाउमा प्राकृतिक श्रोतहरु उत्खनन गर्दा सरकारी मापदण्ड कुल्चने, प्रभावित नागरिकहरुको समस्या लाई नजर अन्दाज गर्ने जस्ता कुराहरु भैरहेका छ्न । त्यस प्रती हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । त्यसको वास्तविक अबस्था पहिचान गरि जनतालाई साथ दिने निर्णय भएको छ ।

बङगलाचुलि ६ को तिमिले क्षेत्रमा स्थानिय नागरिकको असहमति हुदा हुँदै जबर्जस्त चुनढुङ्गा उत्खनन को लागि स्थानीय सरकार नै अगुवाइ गरिरहेको छ । यो ज्यादै नै दुख को कुरा हो । हामी त्यहाका स्थानीय नागरिकको अबिलम्ब माग पूरा गर्न जोड दिन चाहन्छौ । मिति २०७७/०८/२६ क्रान्तिकारी अभिबादन सहित ……………….

(गणेश आचार्य) अध्यक्ष

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे