LISTEN LIVE RADIO

मिर्गौला पिडित हरिमायाको घर निर्माणका लागि सहयोग उठ्दै, पुर्व वडा अध्यक्ष डाँगीबाट ५ हजार ५ सय सहयोग



मिर्गौला पिडित हरिमायाको घर निर्माणका लागि सहयोग उठ्दै, पुर्व वडा अध्यक्ष डाँगीबाट ५ हजार ५ सय सहयोग

दाङ १ पुस । दुबै मिर्गौला पिडित हरिमाया बिककाे घर निर्माणका लागि सहयोग उठ्ने क्रम जारी रहेको छ ।

तुलसीपुर उपमहानगरपालिका ५ बस्ने हरिमाया बिक र हर्क बहादुर बिकको लागि समाजसेवी गायक तथा सर्जक र्ईश्वरी भन्डारीले तुलसीपुर १६ ग्वार खोला पुल नजिक पुलचोक टोल विकास संस्था भित्र रहेको ऐलानी जग्गा सहयोग सहयोग गरेपछि सो घर बन्न थालेको हो ।

यसै क्रममा सयपत्री दोहोरी घरबाट चलाएको दुबै मिर्गौला पिडित हरिमाया बिक घर बनाउ अभियानलाई नेकपा एमालेका दाङ जिल्ला सदस्य, दाङ जिल्ला क्षेत्र नं. ३ (ख) का सचिव बबई गाउँपालिका वडा नं. ६ का पुर्व वडा अध्यक्ष रामबहादुर डाँगीले ५ हजार ५०० रूपैयाँ सहयोग गरेका छन् । सो अभियानलाई सफल बनाउन दिपक वलीको मोबाइल नम्बर ९८६८६३६५८४ वा एन. आइसी. एशिया बैंकको खाता नम्बर
०६५८७५०६५१२०७००१ पैसा पठाएर पनि सहयोग सहयोग गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे