दाङमा पनि भ्रष्टाचार बिरुद्धको दिवसका अबसरमा खबरदारी



दाङमा पनि भ्रष्टाचार बिरुद्धको दिवसका अबसरमा खबरदारी

घोराही २४ मंसिर । अन्तराष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवसको अवसरमा दाङकाे घोराहीमा ¥यालि सहितको कार्यक्रम सम्पन्न भएको छ । घोराहीको ट्राफिकचोक देखि बजारका विभिन्न भाग परिक्रमा गरी तुलसीपुर चोकमा पुगी कोणसभामा परिणत भएकाे थियाे ।

 

हाम्रो नेपाल, हामी नेपाली, भ्रष्टाचार बिरुद्धको महाअभियानले घोराहीमा भ्रष्टाचारलाई नियन्त्रण गर्न सबै सचेत बनौ भन्दै ¥याली गरेको थियाे । गाउँतह देखि प्रदेश हुदै केन्द्रिय तह सम्म भ्रष्टचार मौलाउदै गएको भन्दै यति बेला सरकारको चर्को आलोचना हुदै आएको छ । नेपालमा निजी, सरकारी र गैर सरकारी सबै निकायमा भ्रष्टचार व्यापक रुपमा बढिरहेको छ ।

नेपालमा अहिले धेरैजसो विकास निर्माणका काममा भ्रष्टचार हुने गरेको हाम्रो नेपाल हामी नेपाली अभियानका दाङ जिल्ला संयोजक प्रदिपराज कुवंरले बताए ।शुसासनका लागि अभियान नारा दिईएको कार्यक्रममा बोल्ने वक्ताहरुले सामाजिक र आर्थिक विकासको बाधक नै भ्रष्टाचार भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे