काेराेना संक्रमणबाट मृत्यु भएका प्रहरी नायव निरीक्षक वैदिककाे परिवारलाई जिप्रका रोल्पाकाे आर्थिक सहयोग



काेराेना संक्रमणबाट मृत्यु भएका प्रहरी नायव निरीक्षक वैदिककाे परिवारलाई जिप्रका रोल्पाकाे आर्थिक सहयोग

भालुवाङ २४ मंसिर । कोरोना संक्रमणबाट मृत्यु भएका एक सहकर्मी प्रहरी कर्मचारीको परिवारलाई जिल्ला प्रहरी कार्यालय रोल्पाले आर्थिक सहयोग गरेको छ । मंगलवार दाङको राप्ती गाउँपालिका वडा नं. ५ मौरीघाटमा रहेको मृतक प्रहरी नायव निरीक्षक यज्ञमणी वैदिकको घरमै पुगेर संकलन भएको १ लाख ३० हजार ८ सय ५ रुपैयाँ नगद मृतकको परिवारलाई हस्तान्तरण गरिएको हो ।

जिल्ला तथा मातहतका सबै प्रहरी कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूले स्वैच्छिक रुपमा संकलन गरी जम्मा भएको उक्त रकम प्रहरी निरीक्षक सन्तोषकुमार केसीले मृतकको श्रीमती कमला वैदिकलाई हस्तान्तरण गरेका हुन् । मृतकको १३ औ दिनको पुण्यतिथीमा जिप्रका रोल्पाबाट प्रहरी टोली घरमै पुगेको थियो ।

जिल्ला प्रहरी कार्यालय रोल्पामा कार्यरत वैदिकको कोरोना संक्रमण भई उपचारको क्रममा गत मंसिर ११ गते भेरी अन्चल अस्पताल बाँकेमा उपचारको क्रममा मृत्यु भएको थियो । मृतक वैदिकको परिवारलाई स्वान्तना एवं सन्ततीको वृतिविकासमा टेवा पुग्ने उदेश्यले सम्पूर्ण प्रहरी कर्मचारीले आफु खुसी आर्थिक सहयोग गरेको जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रमुख प्रहरी नायव उपरिक्षक नरेशराज सुवेदीले वताए । संगै काम गरिहेका ईमान्दार र कर्तव्यनिष्ट एक प्रहरी कर्मचारीको मृत्युले मर्माहत तथा भावनात्मक चोट पुगेको हुँदा सक्दो आर्थिक सहयोग गर्न सवै कर्मचारीहरू तयार रहेको प्रहरी नायव उपरिक्षक सुवेदीले बताए  । मृतक प्रहरी नायव निरीक्षक वैदिकको श्रीमती र १ छोरा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे