सप्तरीको तिलाठीमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बीच झडप



सप्तरीको तिलाठीमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बीच झडप

सप्तरी २४ मंसिर । सप्तरीको तिलाठीमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बीच झडप भएको छ। सादा पोशाकमा रहेका दुई संगठनका जवान बीच बुधबार झडप भएको हो। तिलाठी–कुनौली नाका अन्तर्गत खाडो खोलाको छेउमा रहेको सशस्त्र प्रहरीको चेकजाँचस्थल नजिकै सादा पोसाकमा रहेका दुई संगठनका जवानबीच झडप भएको थियाे।

भारतबाट नेपाल आइरहेकाहरुलाई चेक गर्ने क्रममा दुवै सुरक्षा निकायका जवानबीच भएको विवाद बढ्दै जाँदा कुटपिटमा परिणत भएको थियाे। कोरोना महामारीपछि नेपाल सरकारले सीमा सिल गरेको भए पनि सीमाबाट दैनिक सयौंको संख्यामा मानिस ओहोरदोहोर गर्ने गरेका छन्।

सदरमुकाम राजविराजबाट सादा पोसाकमा गएको नेपाल प्रहरीको टोली सशस्त्रको चेकजाँचस्थल नजिक भारतबाट आउँदै गरेकाहरुलाई चेक गर्न थालेपछि दुवै सुरक्षा निकायबीच भनाभन सुरु भएको थियो। पछि त्यही भनाभन कुटपिटमा परिणत भएको थियाे।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे