LISTEN LIVE RADIO

माओवादी केन्द्र राप्तीद्वारा स्व. रामजानकी चाैधरीको श्रद्धाञ्जली सभा



देउखुरी ३  मंसिर । नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका कमिटीले २ नं. वडा कमिटीका अध्यक्ष लालबहादुर चाैधरीकाे आमा स्व.रामजानकी चाैधरीको ९ औं दिनको पुण्य तिथिको अवसर पारि आइतवार  श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न गरेको छ ।

राप्ती गाउँपालिका वडा नम्बर २ कठाह निवासी ७१ वर्षिय स्व. चाैधरीको निवासमा श्रद्धाञ्जली सभा कार्यक्रम भएको हो । श्रद्धाञ्जली सभा कार्यक्रम पार्टीका राप्ती गाउँपालिका कमिटी अध्यक्ष नारायण शर्माको अध्यक्षता एवम् नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीका सचिव कृष्ण अधिकारी ‘प्रकाश’को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । साे अवसरमा बोल्दै प्रमुख अतिथि अधिकारीले स्व. चाैधरीले पार्टी भूमिगत हुदा देखि नै पार्टीको हरेक गतिविधिमा सहयोग गर्ने गरेको स्मरण गर्दै समाज रूपान्तरमा उहाँको भुमिका महत्त्वपूर्ण रहेको बताए ।

चाैधरीको निधनले सिंगो पार्टी पंक्तिलाई अपूर्णीय क्षति पुगेको अधिकारीले बताए। साथै सहभागीहरुले उहाँको निधनप्रति दु:ख व्यक्त गर्दै मृतक प्रति श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना समेत प्रकट गरेका थिए । सभामा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, पार्टीका जिल्ला समन्वय समिति सदस्य श्यामेस चाैधरी, वडा नं. २ का वडा अध्यक्ष तथा राप्ती गाउँपालिकाका प्रवक्ता पहलवान चाैधरी, वडा नं. ९ का अध्यक्ष रिम बहादुर सुनारी, पार्टीका गाउँपालिका कमिटीका उपाध्यक्ष रण बहादुर पुजाली, तुला गिरी, काेषाध्यक्ष जगत थापा, हिमा पुरी, सरस्वता पाेख्रेल, तिलक अधिकारी लगायतकाे सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे