देउसी भैलोको रकम भुकम्प पिडितलाई



देउसी भैलोको रकम भुकम्प पिडितलाई

भालुवाङ ५ मंसिर । दाङका दुई मिडियाले सञ्चालन गरेको देउसी भैलोको रकम भुकम्प पिडितलाई सहयोग गरेका छन् ।

राप्ती गाउँपालिका क्षेत्रबाट सञ्चालित देउखुरी टुडे डटकमको आयोजना एवम् दंगाली अनलाइन खवरको सह- आयोजनामा गत कार्तिक २६ गते देखि मंसिर १ गते सम्म सञ्चालित देउसी भैलोबाट संकलित कुल रकम मध्येबाट खर्च कटाएर वचन आएको रकम मध्ये नगद १२ हजार रूपैयाँ भुकम्प पिडितका लागि र गन्तव्य सम्म पुग्नका लागि ३० लिटर इन्धन सहयोग गरेका छन् ।

राप्ती गाउँपालिका चेम्बर अफ कमर्स र देउखुरी टुडे डटकमको संयुक्त टोली भुकम्प प्रभावित क्षेत्रमा मंगलबार बेलुका जान लागेकाले सो रकम र इन्धन राप्ती गाउँपालिका ५ नम्बर वडा कार्यालयमा एक कार्यक्रमका बीच वडा अध्यक्ष देवप्रसाद चाैधरीको रोहबरमा देउखुरी टुडे डटकमका अध्यक्ष तथा प्रधान सम्पादक सन्तोष कुमार गुप्ता र कार्यकारी सम्पादक ओमप्रकाश गुप्ताले चेम्बरका अध्यक्ष नेमलाल बेल्वासे तथा संस्थापक अध्यक्ष कुमार अधिकारीलाई हस्तान्तरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे