LISTEN LIVE RADIO

इलाममा विद्यार्थी बोकेको बस दुर्घटना, ३७ जना घाइते



इलाममा विद्यार्थी बोकेको बस दुर्घटना, ३७ जना घाइते

काठमाण्डाै ३ मंसिर । इलामको रोङ गाउँपालिकाको किटेनीमा विद्यार्थी बोकेको बस दुर्घटना भएको छ । आज आइतवार भएकाे दुर्घटनामा गाडीमा रहेका ३७ जना घाइते भएका छन् । घाइते सबैको उद्धार गरी नजिकका अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) वासुदेव खतिवडाले बताए ।

धनुषाको धारापानीबाट इलाम घुम्न गएको विद्यार्थीको टोली दुर्घटनामा परेको हो । ना ६ ख ८४२४ नम्बरको विद्यार्थी बोकेको बस कन्यामबाट धनुषा फर्कने क्रममा मेची राजमार्गमा पर्ने इलामको लसुनेमा भीरबाट खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे