LISTEN LIVE RADIO

दाङकाे गुरुकुलका बिद्यार्थी बन्द शिविरमा 



दाङकाे गुरुकुलका बिद्यार्थी बन्द शिविरमा 
घाेराही २३ दाङ । दाङकाे गुरुकुल विद्यालयले विद्यार्थीहरुलाई व्यवहारीक सिप सिकाउन क्लोज क्याम्पकाे आयाेजना गरेको छ । विद्यालयले कक्षा ९ मा अध्ययन गर्ने विद्यार्थीहरुलाई मर्पेस डाँडामा क्लोज क्याम्प गराएको छ ।
विद्यार्थीहरुले सिकेको ज्ञानका बारेमा पत्रकार सम्मेलनको आयोजन गरि जानकारी गराएका छन् । त्यस अवसरमा विद्यार्थी शुभेच्छा पाण्डेले आफुहरुलाई क्लोज क्याम्पले नयाँ कुरा सिक्ने अवसर प्रदान गरेको बताइन् ।
क्लोज क्याम्पमा आफुले पहिलो पटक खाना पकाउन सिकेको बताइन् ।  आफैले खाना पकाएर खानु पर्दा खान पकाउन सिकेको उनको भनाइ रहेको छ । कितावी पढाइ मात्र नभइ व्यवाहरीक रुपमा सिक्न पाउदा आफुहरुलाइ सहयोग पुगेको उनकाे भनाइ रहेको छ ।
रितु थापाले सामुहिक कार्य गर्ने सिकाइ भएको बताइन् । दृष्टि अधिकारीले प्रकृति र बातावरणको बारेमा वुझन पाएको बताइन् । समयको महत्व बुझ्न पाएको उनले बताइन् । कुन्दन केसीले विद्यार्थीहरुमा सकारात्मक सोचको विकास गराउन गराउन सहयोग पुगेको बताए ।
प्रज्ञा अधिकारीले आफुहरुले आफै फिल्ड भिजीट गर्दा उक्त क्षेत्रमा वसोवस गर्ने नागरिकको अवस्थाका बारेमा जानकारी लिन पाएको बताइन् ।
उनीहरुले अहिले सम्म यस प्रकारकाे बातावरणमा घुलमिल हुन र ग्रामिण भेगकाे जीवन स्तर बुझ्ने माैका पायका थिएनन । गुरुकुलले शिक्षा संगै थप याे अवशर पनि प्रदान गरेकाे छ ।
कार्यक्रम विद्यालयका सहायक प्रिन्सीपल मुकुन्द गिरीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा क्लोज क्याम्पका अफिसर इन्दप्रसाद पोख्रेलले विद्यार्थीहरुलाइ व्यहारीक सिकाइमा सहयोग पुगेको बताए । कार्यक्रमको सहजिकरण विद्यार्थीहरु अंशु खनाल र रुपम पौडेलले गरेका थिए ।  विद्यालयले हरेक वर्ष यस प्रकारको कार्य गदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे