राैतहटकाे माैलापुरकी मेयरलाई पुनर्बहाली गर्न सर्वाेच्चकाे अन्तरिम आदेश



राैतहटकाे माैलापुरकी मेयरलाई पुनर्बहाली गर्न सर्वाेच्चकाे अन्तरिम आदेश

काठमाण्डाै २४ कार्तिक । सर्वोच्च अदालतले रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहलाई पुनर्बहाली गर्न अन्तरिम आदेश जारी गरेको छ ।

आज शुक्रवार न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले निर्वाचन आयोगले साहकाे पद गएको भन्ने निर्णयको बदर गर्न आदेश दिएको हो । सर्वोच्चको आदेशसँगै मेयर साहको पद तत्काललाई जोगिएको छ । यस अघि नेकपा एमालेको सिफारिसमा आयोगले मेयर साहको पद निलम्बन गरेको थियो । साह २०७९ वैशाख ३० गते भएकाे पालिका चुनावमा एमालेबाट मेयरमा निर्वाचित भएकी थिइन् । तर उनले एमाले छाडेपछि पार्टीले कारबाही गरेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे