स्वमसेविकाहरूको मेहनतले मातृशिशु मृत्युदर घटेको छ : उपाध्यक्ष चौधरी



स्वमसेविकाहरूको मेहनतले मातृशिशु मृत्युदर घटेको छ : उपाध्यक्ष चौधरी

ओमप्रकाश गुप्ता, २० मंसिर ।

राप्ती गाउँपालिकाकी उपाध्यक्ष जगदम्बाकुमारी चौधरीले महिला स्वास्थ्य स्वमसेविकाहरूको मेहनत र लगनशीलताले मातृशिशु मृत्युदर घटेको बताएकी छिन् । सिसहनियाँ स्वास्थ्य चौकीको आयोजनामा कोभिड १९ को रोकथाम र समृद्धि को लागि संयुक्त कार्य महिला सामुदायिक स्वास्थ्य स्वमसेविकाको भुमिका अपरिहार्य भन्ने मुल नाराका साथ शनिवार स्वास्थ्य चौकीमा आयोजित राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वमसेविका दिवस कार्यक्रममा बोल्दै उपाध्यक्ष चौधरीले यस्तो बताएकी हुन् ।

स्वमसेविका समुहका अध्यक्ष विष्णा गौतमको अध्यक्षता एवम् गाउँपालिकाकी उपाध्यक्ष जगदम्बाकुमारी चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै उपाध्यक्ष चौधरीले महिला गर्भा अवस्थामा भएको बेला उचित स्याहारसुसार नहुँदा बच्चा कुपोषित हुने वा गर्भा अवस्थामा समस्या उत्पन्न हुने गरेकोले स्वमसेविकाहरूले महिला दिदीबहिनीहरूलाई स्वास्थ्य शिक्षा दिन आग्रह गरेकी छिन् ।

स्वमसेविका श्यामा रावतको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा राप्ती गाउँपालिकाका प्रवक्ता तथा ७ नम्बर वडा अध्यक्ष विद्याशरण चौधरी, स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा ५ नम्बर वडा अध्यक्ष गोवर्धन रावत, राप्ती गाउँपालिका स्वास्थ्य शाखा संयोजक नारायण राउत, सिसहनियाँ स्वास्थ्य चौकीका इन्चार्ज धनबहादुर खड्का, सुआहारा सामुदायिक पोषण सहजकर्ता सुनिता चौधरी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन स्वमसेविका समुहका सचिव कुशुम चौधरीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे