LISTEN LIVE RADIO

अन्तरबिद्यालय बास्केट बल प्रतियाेगितामा गुरुकुल ए प्रथम



अन्तरबिद्यालय बास्केट बल प्रतियाेगितामा गुरुकुल ए प्रथम
घाेराही २३ साउन । अन्तरविद्यालय बास्केटवल प्रतियाेगितामा गुरुकल एकेडेमीकाे समूह ए प्रथम भएकाे छ । आज मगलबार भएकाे फाईनल खेलमा गाेरखा बाेर्डिङलाई ७१ अंकका विरुद्द ८२ अंक लियर गुरुकुल एकेडेमीकाे समूह ए प्रथम स्थान हासिल गर्न सफल भएकाे हाे ।
गुरुकुल एकेडेमी तथा लायन्स क्लव अफ गुरुकुलकाे संयुक्त आयाेजनामा अन्तरविद्यालय बास्केटवल प्रतियाेगिता भएकाे हाे । गत साउन १९ गतेबाट भएकाे प्रतियाेगिताकाे फाईनल खेल आज भएकाे हाे ।  फाईनल खेलमा गुरुकुल एकेडेमीका यञ्जल चन्द सबैभन्दा धेरै अंक प्राप्त गर्न सफल भएका छन भने मस्ट भ्यालुयबल प्लेयर आदित्य थकाली बनेका छन ।
यसैगरी राईजिङ स्टार गाेरखा बाेडिङका सुमन घर्ती भएका थिए । बिद्यार्थीहरुलाई खेल क्षेत्रमा बिकशित गराउने तथा लाेप हुँदै गयकाे महत्वपूर्ण खेल बास्केटबल लाई बचाई राख्न र संगसंगै शारिरिक फिट गराउने उद्देश्यले प्रतियाेगताकाे आयाेजना गरियकाे गुरुकुल एकेडेमीका ईसिय संयाेजक विशालमान श्रेष्ठले जानकारी दिए ।
पहिलाे खेलमा जनज्याेती बिद्या मन्दिरले जित हात परेकाे छ । नेपाल पुलिस स्कूललाई ३३ अंककाे विरुद्द ३४ अंक लियर जनज्याेति त्यस्राे स्थानमा पर्न सफल भयकाे हाे । प्रतियाेगितामा ६ वटा विद्यालयबाट ८ वटा समुहले भाग लियकाे थिए । प्रतियाेगितामा उत्कृष्ट प्रदर्शन गर्ने सबै खेलाडीलाई ट्रफी प्रदान गरिएकाे थियाे ।
विजेतालाई ट्रफी र प्रमाणपत्रले सम्मान गरिएकाे थियाे । विजेता टिम गुरुकुल एकेडेमी ए काे प्रशिक्षक तथा प्रतियाेगिता ब्यबस्थापनमा बास्केटबल प्रशिक्षक भुगाेल मगर रहेका थिए । प्रतियाेगिता गुरुकुल एकेडेमीकाे बास्केटवल काेर्टमा भएकाे थियाे ।
प्रतियाेगिताकाे अफिसियलमा भुगाेल मगर ,मन्दिप गिरी, श्रीकिरण महतरा, प्रज्याेलसिंह थापा, राज्यस्वरी चाैधरी, जेनिसा राेका, माेहन थापा, राहुलराज डाँगी, समीर चाैधरी र राजेशबाबु डाँगी रहेका थिए ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे