LISTEN LIVE RADIO

आदर्श नमुना मावि लालमटियाको विद्यालय क्याप्टेनमा भुवन र पुजा विजय



आदर्श नमुना मावि लालमटियाको विद्यालय क्याप्टेनमा भुवन र पुजा विजय

भालुवाङ २३ साउन । दाङको एक विद्यालयले शैक्षिक क्रियाकलापमा सुधार ल्याउन क्याप्टेन र सह क्याप्टेन छनौट गर्न निर्वाचन गराएको छ ।दाङ देउखुरीकाे राप्ती गाउँपालिका-२, लालमटिया स्थित आदर्श नमूना माध्यमिक विद्यालयमा संसदीय प्रणालीकाे झझल्काे दिने गरी प्रत्यक्ष निर्वाचन गराई छात्र र छात्रा तर्फ छुट्टाछुट्टै क्याप्टेन र सहायक क्याप्टेन चयन गरिएकाे छ । शिक्षण सिकाईमा विद्यार्थीहरूकाे अनिवार्य सहभागिता हुनुपर्ने मान्यताका साथ निर्वाचन प्रणाली मार्फत क्याप्टेन र सहायक क्याप्टेन चयन गरिएकाे विद्यालयका प्रधानध्यापक तथा निर्वाचन आयुक्त किरण पाेख्रेलले जानकारी दिएका छन् । आज भएको क्याप्टेन र सह क्याप्टेन निर्वाचनमा छात्र क्याप्टेन तर्फ (झोला) चुनाव चिन्हका भुवन वलीले १६ र उनका निकटतम प्रतिद्धन्दी (डेक्स बेन्च) चुनाव चिन्हका स्वदेश भुसालले पनि १६ मत ल्याएर बराबर भएपछि दुवै जनाको सहमतीमा भुवन वली क्याप्टेनमा निर्वाचित भए भने स्वदेश भुसाल सह क्याप्टेनमा निर्वाचित भएको निर्वाचन आयुक्त किरण पोख्रेलले जानकारी दिएका छन् ।त्यसै गरि छात्रा क्याप्टेन तर्फ भएको निर्वाचनमा (जमेट्रीबक्स) चुनाव चिन्हका पुजा घर्ती मगरले ३८ मत ल्याएर निर्वाचित भएकी छिन् भने उनका निकटतम प्रतिद्धन्दी (चश्मा) चुनाव चिन्हका सिम्रन सुनारले ३२ मत ल्याएर सह क्याप्टेनमा निर्वाचित भएकी छिन् । त्यसै गरि निर्वाचनमा सिद्वार्थ थापा (कलम) ११ मत, आशिष पुन (किताब) ११ मत, सुशील गिरी (कापी) १० मत, आकाश केसी (टेबल) ७ मत र गौरव केसी (डस्टर) ३ मत ल्याएका थिए । कुल ८८ मतदाता मध्ये छात्र तर्फ १/१ जना क्याप्टेन र सह क्याप्टेनका ७/७ जनाको उम्मेदवारी परेको थियो । त्यस्तै छात्रा तर्फ १/१ जना क्याप्टेन र सह क्याप्टेनका लागि २/२ जनाको उम्मेदवारी परेको थियो । खसेको ७८ मत मध्ये ४ मत बदर, ७४ मत सदर भएको निर्वाचन आयुक्त पोख्रेलले जानकारी दिएका छन् । विजेताहरुलाई निर्वाचन आयुक्त पोख्रेलले टिका लगाएर स्वागत तथा बधाई दिएका थिए ।४ कक्षा देखि १० सम्म कक्षागत रूपमा २÷२ जना छात्र÷छात्राको कक्षा क्याप्टेन छनौट गर्न २२ वटा सेक्ससन बाट गरि ८८ जना क्याप्टेन यस अघि छनौट भई भएर छात्रबाट १ जना क्याप्टेन र १ जना सहायक क्याप्टेन तथा छात्राबाट १ जना क्याप्टेन र १ जना सहायक क्याप्टेन छनौट गर्न आज निर्वाचन भएको थियो । निर्वाचित भएका क्याप्टेन र सह क्याप्टेनलाई विद्यालयमा गठन गरिएको मुल संवाहक समितिमा सदस्यको रुपमा राखिने निर्वाचन आयुक्त पोख्रेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे