मिथ्या सूचनाले नेपाली पत्रकारिता क्षेत्रमा संकट ल्याएकाे ठहर



मिथ्या सूचनाले नेपाली पत्रकारिता क्षेत्रमा संकट ल्याएकाे ठहर

देउखुरी १० साउन । मिथ्या सुचनाले नेपाली पत्रकारितामा ठुलाे संकट ल्याएकाे एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

नेपाल पत्रकार महासंघ, दाङ शाखाले बिहिवार दाङ-देउखुरीकाे लमहीमा आयाेजना गरेकाे मिथ्या सूचनाले पत्रकारितामा पारेको प्रभाव सम्बन्धी लुम्बिनी  प्रदेश  स्तरीय  सम्बाद कार्यक्रममा बाेल्ने सराेकारवालाहरूले यस्ताे बताएका हुन् । महासंघ दाङका कार्यबाहक अध्यक्ष सन्ताेष सुवेदीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा बाेल्ने सराेकारवालाहरूले पछिल्लो समयमा मिथ्या सूचना निक्कै बढेको भन्दै मिथ्या सुचनाबाट नेपाली पत्रकारिता जाेगिनुपर्ने बताएका थिए । उनीहरुले मिथ्या सूचनालाई समयमै नियमगमन गर्न नसके सिँग्रो पत्रकारहरु माथि प्रश्न चिन्न खडा हुने बताएका थिए । उनीहरूले आम जनमानसमा सामाजिक संजाल पत्रकारिता, पत्रकार एउटै हो भन्ने बुझाई हुँदा सामाजिक संजाल बिना सम्पादन आएका बिषयले पत्रकारका लागि चुनौति खडा गरेको बताएका थिए ।

उनीहरूले पत्रकारहरु कपिपेस्टमा केन्द्रित भएकोल पनि नागरिकले सही सुचना पाउनबाट बञ्जित भएकाे बताएका थिए । पत्रकारहरू पूर्वाग्राहवाट मिथ्या सूचना  ल्याउने भएका कारण पत्रकारिता क्षेत्रको व्यवसायिक सुरक्षा र जवाफदेहिता सुदृढीकरण गर्न जरुरी  रहेकोे  बताएका थिए  ।  नेपाल पत्रकार महासंघले इन्टरनेशनल अलर्टसँगको सहकार्यमा शुरु गरेको मिडिया सुरक्षा परियोजना अन्तर्गत गठन गरिएको फ्रिमिडिया नेटवर्क संग आवद्ध सरोकारवालाहरुसंग मिथ्या सूचना ले पत्रकारितामा पारेको प्रभाब, व्यवसायिक सुरक्षा र जवाफदेहिताका बिषयमा कार्यशालामा छलफल गरिएको थियाे । कार्यक्रममा लुम्बिनी प्रदेश सभाका निवर्तमान सदस्य रेवतीरमण शर्माले अन्य क्षेत्रमा भन्दा  तुलानात्मक रुपमा दाङको पत्रकारिता व्यवसायिक रहेको तर प्रश्नको घेराबाट बाहिर नरहेको बताए । उनले राज्यका तहबाट प्रदान हुने सेवाप्रवाह र सुरक्षाका सन्दर्भमा पनि प्रश्न रहेको बताउँदै उहाँले राजनीतिक परिपक्वता र पत्रकारिताको व्यवसायिकता राम्रो रहेको बताए ।  शर्माले पत्रकारिता क्षेत्र अपडेट र अपग्रेड हुनुपर्नेमा समेत जाेड ।

त्यस्तै लमही नगरपालिकाका उपमेयर लक्ष्मी योगीले  पत्रकारहरु अझै निश्पक्ष र निष्टाका साथ काम गर्न नसकेको सकारात्मक भन्दा नकारात्मक सामाग्रीलाई प्रसय दिएको बताइन् । नागरिक समाज दाङका सयोजक निमबहादुर थापाले पत्रकारलाई सामाजिक  सञ्जलको चुनाैती एकातिर छ, भने अर्कोतिर  स्वयम् पत्रकारको कार्यक्षमताको अपडेट गर्न  जरुरी  रहेको बताए । उनले ठुलठुला  मिडिया हाउस समेतमा मिथ्या समाचार आउने बताउँदै निस्कलङक पत्रकारिता  गर्न सुझाव दिए । वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरक्षक प्रकाश भुसालले प्रशासनका तर्फबाट पत्रकारितालाई सुरक्षा दिनका लागि कुनै कसर बाँकी नराख्ने र सूचना प्रवाहका सन्दर्भमा सहकार्य गर्ने प्रतिबद्धता जनाए । यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी  समितिका सल्लाहकार सुदिप गौतमले मिथ्या सूचनाले समाजमा परेको प्रभावकाे वारेमा प्रस्तुति राख्दै  दाङमा पत्रकार आचारसंहिता पालना भइरहेको बताए । उनले आफू मिथ्या  सूचनाको भुक्तभोगी रहेको  बताउँदै पत्रकार  सच्चिनु पर्ने साथै बिना सम्पादन गरी सामाजिक संजाल  प्रयोगकर्तालाई राज्यले विशेष मापदण्ड बनाउने पर्ने बताए । उनले आफूहरुले विगतदेखि नै फ्रि मिडिया नेटवर्क गठन गरेर पत्रकारहरुको पेशागत सुरक्षा र पत्रकारितालाई व्यावसायिक बनाउने सन्दर्भमा छलफल गर्ने गरेको समेत बताए ।

उक्त अवसरमा पत्रकारहरुको सुरक्षा, नागरिक समाज र पत्रकारहरुविच सूचनाको हक प्रयोग, समाचार संकलन र सम्प्रेषणका क्रममा निष्पक्ष र व्यवसायिक अभ्यास गरेको नगरेको, सञ्चारगृहमा लैंगिक तथा सामाजिक समावेशिकरण सम्बन्धी नीति कार्यान्वयन गरे नगरेको, पत्रकारिताको सुदृढीकरणका लागि स्थानीय सरकारको भूमिका, स्थानीय सरकारको सञ्चार नीति लगायतका सूचकका आधारमा  दाङको अवस्थाबारे मापन गरिएको थियो । कार्यशालाबाट मिथ्या सूचनालाई कम गर्न  सरोकारवालावाट आएका सुझाव आगामी दिनमा सुधार गर्नुपर्ने निष्कर्ष आएको महासंघ  दाङका उपाध्यक्ष  सन्तोष  सुबेदीले बताए ।

कार्यक्रममा जनप्रतिनिधि, राजनितिककर्मी, मानव अधिकारकर्मी, प्रहरी, उधोगी, व्यावसायी, नागरिक समाज र पत्रकारहरुको सहभागिता रहेको थियो । महासंघका सचिव आरके शितलले स्वागत मन्तब्य व्यक्त गरेका थिए भने कार्यक्रमकाे उदेश्य माथि नेपाल पत्रकार महासंघका केन्द्रिय  प्रतिनिधि  गिरीराज अधिकारीले गरेका थिए । कार्यक्रमकाे सञ्चालन महासंघ  दाङका सह-सचिव दशरथ घिमिरे गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे