अर्घाखाँचीमा आगो ताप्दा जलेर एक जनाको मृत्यु



अर्घाखाँचीमा आगो ताप्दा जलेर एक जनाको मृत्यु

भालुवाङ १७ मंसिर । अर्घाखाँचीमा आगो ताप्ने क्रममा जलेर एक जनाको ज्यान गएको छ । पाणिनी गाउँपालिका वडा नम्बर २ पोखराथोक बस्ने वर्ष ७१ की पुतली नेपालीको जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी रामनारायण गुप्ताले जानकारी दिए ।

घरमा एकलै बसोबास गदै आएका उनलाई आगो ताप्दै गर्दा कपडामा आगो सल्किएको थियो । घरमा एकलै भएकाले समयमै उद्वार हुन नपाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे