तुलसीपुरमा ३५ लाख लागतमा किड्स जोन संचालनमा



तुलसीपुरमा ३५ लाख लागतमा किड्स जोन संचालनमा

तुलसीपुर १५ मंसीर । दाङको तुलसीपुरमा पहिलो पटक ठूलो लगानीमा बालबालिकालाई लक्षित गरेर किड्स जोन संचालनमा आएको छ । बालबालिकालाई आवश्यक पर्ने हरेक प्रकारका खेलौना उपलब्ध गराउने गरी ३५ लाख लागतमा तुलसीपुरको शितलपुर रोडमा किड्स जोन संचालमा ल्याएको प्रोपाइटर समिप भुसालले जानकारी दिए ।

जापानमा १० बर्ष बसेर बालबालिकाको क्षेत्रमा लामो अनुभव बटुलेका प्रोप्राइटर भुसालले आकर्षक र बालबालिकाको मन जित्नेगरी खेलौना सामग्री उपलब्ध गराउन सकिने बताएका छन् । ५ बर्षमुनिका बालबालिकाहरुका लागि कपडा, जुत्ता, चप्पल, खेलौना, मोटर, साईकल, मोटरसाईकल तथा पौष्टिक आहार पनि उपलब्ध गराउन सकिने किड्स जोनले जानकारी दिएको छ ।

यसैबिच किड्स जोनको सोमबार भव्य उद्घाटन गरेर संचालनमा ल्याइएको छ । पसलको उद्घाटन प्रजातान्त्रीक उद्योग व्यवसायी संघका अध्यक्ष जनक खराल, तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्ती र राष्ट्रिय बाणिज्य वैंकका पूर्व म्यानेजर वुद्ध प्रकाश सिंहले सयुक्त रुपमा रिबन काटेर गरेका थिए । कार्यक्रमको सहजीकरण चेम्बरका सचिव ऋषिराज भण्डारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे