कञ्चनपुरमा नक्कली नोट छाप्‍ने मेसिन सहित ३ जना पक्राउ



कञ्चनपुरमा नक्कली नोट छाप्‍ने मेसिन सहित ३ जना पक्राउ

कञ्चनपुर १५ मंसीर । नक्कली नोट छाप्‍ने मेसीन सहित कञ्चनपुर प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । नक्कली नाेट छापेर  महेन्द्रनगर बजार क्षेत्रमा नोटको कारोबार गरिरहेकै अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी मुकुन्द मरासिनीले बताए ।

पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१८ भगतपुर बस्ने दिपक नाथ, सोहि ठाउँ बस्ने रितिका बम, भारतको बरेली घर भई भीमदत्त नगरपालिका –१८ बस्ने अनुज शर्मा रहेका छन् । उनीहरुलाई प्रहरीले सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

पक्राउ परेकाहरूकाे कोठाबाट नक्कली नोट छाप्ने कलर प्रिन्टर मेसिन, ल्यापटप, कागज, कैंची र १ हजार १३६ थान नक्कली नोटहरु बरामद गरेको  एसपी मरासिनीले बताए । उनका अनुसार तिनै जनाले प्रिन्टरबाट नक्कली नोट छाप्ने र बजारमा वृद्धवृद्धा तथा बालबालिकाहरुसँग कारोबार गर्ने गरेको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे