नेपाली काँग्रेसबाट निर्वाचित दुई जनप्रतिनिधि सहित ४६ जना नेकपामा प्रवेश



नेपाली काँग्रेसबाट निर्वाचित दुई जनप्रतिनिधि सहित ४६ जना नेकपामा प्रवेश

दाङ १५ मंसिर । दाङको बंगलाचुली गाउँपालिका वडा नं. १ मा नेपाली काग्रेस परित्याग गरी दुई जना निर्वाचित जनप्रतिनिधि सहित ४६ जना नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । नेपाली काग्रेस बाट वडा नं. १ को वडा सदस्यमा निर्वाचित चन्द्रकुमार घर्ती र दलित महिला सदस्य राधिका नेपालीको नेतृत्वमा ४६ जना नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका हुन् ।

प्रवेश गर्नेहरुमा ऋषिराम भण्डारी, गोकर्ण घर्ती, रिखा घर्ती, भिम बहादुर टोमटा, छविलाल विक, सुभान विक, तुलसा सार्की, प्रकाश पुन, पार्वता परियार ,कुमार आर.सी, गणेश केसीलगायत रहेका छन् । नेपाली राजनीतिमा काग्रेसले गरिव दुःखी जनताको सेवा भन्दा व्यक्तिगत स्वार्थ र जनतालाई धोका दिने जस्तो काम गरेको हुँदा नेकपामा प्रवेश गरेको उनीहरुको प्रतिक्रिया छ ।

उनीहरुलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बंगलाचुली गाउँ पार्टी अध्यक्ष डोमाकान्त कवँर मगरको अध्यक्षता एवं नेकपा जिल्ला कमिटी सदस्य तथा बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीको प्रमुख आतिथ्यमा कार्यक्रम गरि स्वागत गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे