दंगीशरणमा १५ सैयाको अस्पताल सिलन्यास



दंगीशरणमा १५ सैयाको अस्पताल सिलन्यास

तुलसीपुर १५ मंसिर । प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीले दाङ दंगीशरण गाउँपालिकामा निर्माण हुन लागेको १५ सैयाको अस्पताल सिलन्यास गरेका छन् । गाउँपालिकाको वडा नं. ६ को बागरमा १५ सैयाको अस्पताल निर्माण गर्न थालिएको हो ।

त्यस अवसरमा लुम्बिनी प्रदेशसभा सदस्य धमकली चौधरी, दंगीशरण गाउँपालिका अध्यक्ष भागिराम चौधरी, उपाध्यक्ष पीमा कुमारी खड्का, प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेललगायतको सहभागिता रहेको थियो । त्यस अवसरमा सांसद शर्माले मुलुक स्वास्थ्यका हिसाबले अघि बढेको बताए ।

प्रत्येक स्थानीय तहमा १५ सैयाको स्वास्थ्य चौकी निर्माण गर्ने योजना सरकारले अघि बढाएको भन्दै यो सकारात्मक कदम भएको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे