LISTEN LIVE RADIO

राप्ती चेम्बर अफ कमर्सका अध्यक्ष कुमार अधिकारीले दिए पदबाट राजिनामा



भालुवाङ २६ वैशाख । राप्ती गाउँपालिका चेम्बर अफ कमर्सका अध्यक्ष कुमार अधिकारीले पदबाट राजिनामा दिएका छन् ।

संस्थापक अध्यक्ष समेत रहेका अधिकारी वैदेशिक रोजगारीका शिलशिलामा जापान गएपछि राजिनामा पत्र पठाएका हुन् । लामो समय सम्म संस्थाको नेतृत्व गरि यहाँ सम्म ल्याउन सहयोग गर्ने विभिन्न तह र तप्कामा रहेका पदाधिकारी, सदस्य तथा सल्लाहकारहरूलाई अध्यक्ष अधिकारीले धन्यवाद समेत दिएका छन् ।

उनले आफू विदेशमा रहे पनि संस्थाले खोजेको बेला जस्तो सुकै सहयोग गर्न आफू सदैव तयार रहेको पत्रमा उल्लेख गरेका छन् । अधिकारीले राजिनामा दिए पछि अब संस्थाको नेतृत्व कसले गर्ने भन्ने चर्चा समेत सुरू भएको छ । हाल अध्यक्ष पदमा प्रथम उपाध्यक्ष नेमलाल बेल्वासे र सचिव वसन्त कुवर क्षेत्रीले आकांक्ष देखाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे