नेपालगञ्जमा राजा ल्याऔं देश बचाऔंकाे नारा घन्कियाे 



नेपालगञ्जमा राजा ल्याऔं देश बचाऔंकाे नारा घन्कियाे 

नेपालगञ्ज १३ मंसिर । नेपालगञ्जमा राजा ल्याऔं देश बचाऔंकाे नारा घन्किएकाे छ । हिन्दू राज्यको माग गर्दै नेपालगञ्जमा विशाल मोटरसाइकल र्‍याली प्रदर्शनका क्रममा उनीहरुले ‘राजा ल्याऔं देश बचाऔं’, ‘राजा नआए प्रजाको विनाश हुन्छ’लगायतका नारा सहित हिन्दू राज्य र राज संस्था पुनस्र्थापनाका लागि नेपालगञ्जमा विशाल मोटरसाकल र्‍याली प्रदर्शन गरिएको हो ।

हजारौंको संख्यामा बागेश्वरी मन्दिरबाट विशाल मोटरसाइकल र्‍याली निकालिएको छ । हिन्दू राष्ट्रवादी आयोजक रहेको ५ सय बढी मोटरसाइकल र्‍यालीले नेपालगन्जको बागेश्वरी मन्दिरको पूर्वपट्टिको पार्कबाट न्यूरोड, पुष्पलाल चोक, सुर्खेत रोडको विरेन्द्र चोक, वीपी चोक, गणेशमान चोक, चार बाहिनी चोक, भेरी अस्पताल हुँदै त्रिभुवन चोक, सदरलाइनदेखि बागेश्वरी मन्दिर हुँदै धम्बोझी चोकसम्म नगर परिक्रमा गरिएको छ ।

नेपालको राष्ट्रिय झन्डा तथा भगुवा झण्डा बोकेर र्‍यालीमा हिन्दू राष्ट्र र राजसंस्थाका पक्षमा नारा लगाइएको थियो । कार्यक्रममा सहभागीहरुले धम्बोझी चोकमा पुनः राजा विरेन्द्रको शालिक स्थापना गर्नुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे