LISTEN LIVE RADIO

घाइते विद्यार्थीलाई संस्थागत विद्यालयद्वारा आर्थिक सहयोग



देउखुरी २८ माघ । राप्ती गाउँपालिका अन्तर्गत सञ्चालित संस्थागत विद्यालयहरुले घाइते विद्यार्थी सरीता थापाको उपचारका लागि नगद ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

राप्ती गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन जाने क्रममा माघ २६ गतेका दिन ट्याक्टरको ट्रलीबाट लडेर गम्भीर घाइते थापाको उपचारका लागि जनता आधारभूत विद्यालयका हरिलाल दर्लामीलाई एक कार्यक्रमका बीच प्याब्सन राप्ती  संयोजक शोभाखर भुसाल र नेशनल प्याब्सन राप्ती सहसंयोजक गिरिराज पौडेलले शीघ्र स्वास्थ्य- लाभको कामना सहित उक्त रकम हस्तान्तरण गरेका हुन।

राप्ती गाउँपालिकाको आर्थिक सहयोग र गोरखा आइडियल स्कूल लालमटियाको आयोजनामा माघ २६ गते देखि राप्ती गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन भइरहेको छ।

राप्ती गाउँपालिका अन्तर्गतका पब्लिक एजुकेशन एकेडेमी, रिभर राप्ती स्कूल, लिटिल एजन्स राप्ती स्कूल, उज्यालो भविष्य शिक्षा सदन, मुनलाइट मावि, चन्द्रज्योति स्कूल, सिद्धार्थ मावि, दिपज्योति मावि, स्टार समिट, शुभ दर्पण एकेडेमी, मार्टिन एकेडेमी, इन्द्रेणी बोडिङ स्कूल र प्रतिष्ठा एकेडेमीले संयुक्त रुपमा आर्थिक सहयोग प्रदान गरेका हुन ।

साथै गम्भीर घाइते थापा मगरको उपचारका लागि हाल सम्म ९७ हजार ७ सय २५ रुपैयाँ सहयाेग प्राप्त भएको छ । सहयोग गर्न चाहाने व्यक्त तथा संस्थाहरूले सहयोग संकलनकर्ता तुलबहादुर कवर मगरको मोबाइल नम्बर ९८४७९६९२६८ र ९८१०९९९२६० मा सम्पर्क राखि सहयोग गर्न सकिने पारिवारिक स्रोतले सवैमा आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे