स्थानीय निकाय र सरोकारवाला विच संवाद



स्थानीय निकाय र सरोकारवाला विच संवाद
मसुरीया ११ मंसिर । स्थानीय निकाय र सरोकारवाला विच राप्ती गाउँपालिकामा संवाद गरिएको छ ।
स्थानीय सरकार र सुकुम्वासी, भुमिहिन तथा मुक्त कमैया कमलरीको विषयमा सरोकारवालाहरु संग संवाद गरिएको हो ।
संवादमा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्वाकुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजाल, प्रवक्ता विद्याशरण चौधरीले सुकुम्वासी, भुमिहिन तथा मुत्त कमैया कमलरिको विषयमा सरकारको निती तथा कार्यक्रम साथै राप्ती गाउँपालिकाले ल्याएका काम कार्यक्रमका वारेमा जानकारी गराए ।
स्वान संस्था तथा आई एम स्विडिस डेभलपमेन्ट पार्टनरको आयोजनामा राप्ती क्षेत्रका सुकुम्वासी, भुमिहिन तथा मुत्त कमैया कमलरीका अगुवाहरुले सरोकारवाला माझप्रश्न तथा सुझाव राखेका थिए। प्रश्न र उत्तर सहितको कार्यक्रममा आगामी वर्षमा सुकुम्वासी, भुमिहिन तथा मुत्त कमैया कमलरीको विषयमा गाउँपालिकाले थप बजेट विनियोजनका लागि आग्रह समेत गरिएको छ ।
स्थानीय सरकार, सुकुम्वासी, भुमिहिन तथा मुत्त कमैया कमलरीको विषयमा सरोकार वालाहरुको चासो र जिम्मेवारी बढाउदै भावनात्मक तथा कानुन सम्मत सहयोगको आदान प्रदानका लागि सरोकारवालाहरु संग संवाद गरिएको स्वान संस्थाका राम मोति चौधरीले जानकारी दिएका छन् । कार्यक्रममा राप्ती गाउँपालिकाका कृषि, पशु, प्रशासन शाखाका प्रमुखहरुले सुकुम्वासी, भुमिहिन तथा मुत्त कमैया कमलरीका लागि शाखाले विनियोजन गरेको रकमका वारेमा जानकारी दिएका थिए । कृषि शाखा प्रमुख कृषि प्रसार अधिकृत महेश अधिकारी, प्रशासन शाखा अधिकृत विकास ज्ञवाली, पशु शाखा प्रमुख शेर बहादुर हमालले लक्षित वर्गका लागि छुट्याईएका कार्यक्रमका लागि सञ्चार माध्यम वाट जानकारी समेत गरिदै आएको जानकारी दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे