नेपाली कांग्रेसद्धारा चौधरीको निधनप्रति शोकसभा



नेपाली कांग्रेसद्धारा चौधरीको निधनप्रति शोकसभा

टाेपेन्द्र खनाल, राजपुर ५ मंसिर । नेपाली कांग्रेस राजपुरले राजपुर गाउँपालिका वडा नम्बर १ तब्दारपुर निवासी नेपाली कांग्रेसका क्रियाशिल सदस्य कुलवीर चौधरीको निधन प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसभा सम्पन्न गरेको छ।

राजपुर गाउँपालिका पार्टी सभापति शरदकुमार बिसीको अध्यक्षतामा भएको कार्यक्रममा राजपुर १ का पार्टी सभापती रामबकश चौधरी, २ का सभापती धिरजबहादुर यादब, गाउँपालिका उपाध्यक्ष धनपतिदेवी यादव , गढवा गापाका पार्टीका उपसभापती श्रीपत चौधरी , क्षेत्रीय सभापती भेषराज पाण्डे, दलित संघ क्षेत्रिय सभापति प्रवल रसाइली, तरुणदल राजपुर संयोजक गोतबहादुर चौधरी, नेपाली कांग्रेसका महासमिति सदस्य तथा जनसम्पर्क समन्वय समिति दाङ्गका केन्द्रिय सदस्य जानकीलाल बस्नेत लगायत पार्टीका अन्य नेताहरुले आफ्नो पार्टीका क्रियाशिल इमानदार सदस्य चौधरीलाई गुमाउनु पर्दा पार्टी अत्यन्तै मर्माहित भएको जनाउँदै पार्टीले उनको योगदानलाई सदैब कदर गर्ने समेत जनाएको छ।

चौधरीको निधन भएको ९ औं दिनमा पार्टीद्वारा राखिएको कार्यक्रमको अन्त्यमा मृतकका छोरा दामोदर चौधरीले सबैलाई धन्यवाद दिएका थिए । भने कार्यक्रमको संचालन ओमप्रकाश यादबले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे