गढवाको मलमलामा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न



गढवाको मलमलामा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न

गढवा २२ मंसिर । लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत बिहिवार गढवा गाउँपालिका वडा नम्बर – १ मा सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

‘सभ्य समाजको पहिचान, लैंगिक हिंसा विरुद्धको अभियान’ भन्ने मुल नाराका साथ १६ दिने अभियान अन्तर्गत अन्तरक्रिया गढवा गाउँपालिका भरी सञ्चालन भइरहेको छ ।

देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष ओभा पाठकको अध्यक्षता तथा गढवा गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक शारदा कुमारी चौधरीको को प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीले हिंसा दवाउन बिभिन्न राजनीतिक दलको चलखेलले गरेको भन्दै त्यस्ता ब्यक्तिहरु बाट सजग रहन अनुरोध गर्नु भयो। कसैको लोभ लालचमा परी अन्जान ब्यक्तिको सम्पर्कमा नजान नफस्न हुन उपाध्यक्ष चौधरीले सबैमा अनुरोध गरिन् । हिंसा आफु बाटै अन्तय गर्नु पर्ने बताउदै हिंसा नगर्न र नसहन आग्रह गरिन्। आफु गढवा गाउँपालिकाको न्यायिक समितिको संयोजक भएकोले आफु पिडित/हिंसामा पर्ने बित्तिकै सिधा पालिकामा आउन उपाध्यक्ष चौधरीले अनुरोध गरेकी छिन् ।

लिंगको आधारमा सबैखाले हिंसा अन्त्य गर्न तपाई हामी सबै आ-आफ्नो स्थानबाट जागरुक हुनुपर्ने बताइन्। सबै हिंसा पुरुषबाट मात्र नहुने गरेको भन्दै महिला नै महिला माथी गरेको हिंसा पनि सहन नहुने बताइन् । त्यसैगरी कार्यक्रममा बोल्दै दलित सशक्तिकरण अभियानकी कोषाध्यक्ष जया बिश्वकर्माले समाजमा घटिरहेको सबै जसो घटना आपसी असमझदारी र मोबाइल फोनको गलत प्रयोगले भैरहेको बताउदै मोबाइल फोन सही तरिकाले प्रयोग गर्न उपस्थित सबैमा अनुरोध गरेकी छिन् ।

समाजमा महिला पुरुष दुवै हिंसा पिडित रहेको भन्दै समाजमा जिम्मेवार ब्यक्तिहरुले पहल गर्न र अशिक्षित ब्यक्तिहरुलाई चेतनादिन सबैलाई जानकारी दिइन् । कार्यक्रममा उपस्थितहरुले अभियान मात्र चलाएर नहुने भन्दै कडा कानुन बनाउन अनुरोध गरे । उपस्थितहरुको तल्फ बाट बोल्ने महिलाहरुले अदालत देखी पुलिस प्रशासन सबै भ्रष्टाचारमा संलग्न भएको भन्दै त्यस्ता लाई कार्वाही नगर्दा सम्म अभियान मात्र चलाएर हिंसा अन्त्य नहुने बताए ।

हिंसा अन्त्य गर्न पहिले कानुन बनाउने पर्ने बताउदै हरेक क्षेत्रमा प्रशासन र राजनीतिक दलका ब्यक्तिहरुले महिला माथी ठुलो हिंसा गरिरहेको तर आफु हरु मुख दर्शक मात्र भएको भन्दै त्यस्ता ब्यक्तिलाई कार्वाही गर्न कानुनका लागि सरोकारवाला निकाय संग अनुरोध गरे ।
गढवा गाउँपालिकाको आयोजना तथा अन्य २० ओटा संघ संस्थाहरुको सह-आयोजनामा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने सचेतना कार्यक्रम यही असार मङ्सिर ९ देखि २४ गते सम्म सञ्चालन भइरहेको छ।

गढवा गाउँपालिका मुख्य आयोजनाको रुपमा रहेको छ। त्यसैगरी देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत गढवा, मुक्त कम्लहरी विकास मञ्च दाङ, दक्षिण देउखुरी अधिकार मञ्च, चेतनशिल महिला समाज केन्द्र, नेपाल इन्द्र फाउन्डेसन गढवा, सिपि नेपाल, गढवा उद्योग बाणिज्य संघ, शान्ति पुनर्स्थापना गृह काेइलाबास, वन तथा वातावरण समन्वय समिति, दलित सशक्तिकरण अभियान, ग्रिन भ्याली स्कूल फ्रेण्ड्स क्लब गढवा, समुदाय स्रोत व्यवस्थापन केन्द्र, धानखोला कृषि सहकारी संस्था, इलाका प्रहरी कार्यालय गढवा, स्वान नेपालक, नव स्वर्गद्वारी महिला सहकारी संस्था लिमिटेड, नेपाल रेड्क्रस सोसाइटी उपशाखा गढवा, रेडियो साझा आवाज ८८.३ मेगाहर्ज गढवा, मुस्लिम एकता समाज गढवा र नेपाल ह्रदयरोग निवारण केन्द्र दाङ सहआयोजकको रुपमा १६ दिने बृहत सचेतना/अन्तरक्रिया कार्यक्रममा सञ्चालन भैरहेको गढवा गाउँपालिकाले जनाएको छ ।

कार्यक्रमको बारेमा दलित शसक्त्तिकरण अभियानकी जया बिश्वकर्माले जानकारी गराएकी थिइन् । कार्यक्रममा गढवा गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक शारदा कुमारी चौधरी, अस्थायी प्रहरी पोष्ट कालाकाटेका प्रतिनिधि मदन कुमार आले, गढवा गाउँपालिका प्रेस संयोजक उमानाथ यादव, दलित सशक्तिकरण अभियानकी कोषाध्यक्ष जया बिश्वकर्मा, देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र गढवाका सहसचिव पट्वारी यादव, धानखोला कृषि सहकारी संस्थाका अध्यक्ष रवि राना, महिला समूहका सहजकर्ता धना पुन, पिपलु समुहका सदस्य सुमित्रा कुमाल लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र गढवाका सहसचिव पट्वारी यादवले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे