नामसालिङद्वारा कृषक समुहलाई पचास प्रतिशत अनुदानमा कृषि औजार वितरण



नामसालिङद्वारा कृषक समुहलाई पचास प्रतिशत अनुदानमा कृषि औजार वितरण

भालुवाङ २२ मंसिर । नामसालिङ सामुदायिक विकास केन्द्रले कृषक समुहहरूलाई ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरेको छ ।

विकास कोष नर्वेको आर्थिक सहयोग तथा राप्ती गाउँपालिका सँगको समन्वयमा राप्ती गाउँपालिकामा संचालित एकिकृत सामुदायिक विकास परियोजना अन्तर्गत राप्ती गाउँपालिकाका विभिन्न वडाहरुमा गठित कृषक समुहका सदस्यहरूलाई कृषिमा व्यवसायिक बनाउन विभिन्न कृषि औजार अनुदानमा सहयोग गरिएको हो ।

राप्ती गाउँपालिकाको कठाहा, पिपरखुट्टी तथा विजौरीका विभिन्न कृषि समूहका व्यवसाय उन्मुख ४ किसानलाई कुटानी पिसानी गर्ने कम्बाइन्ड मिल तथा जाकिने, जाबुने, करङ्गेकोट, खर्क बगासोती, बिजौरी र भानपुरका ६ किसानलाई मिनी टिलर ५०% अनुदानमा वितरण गरिएको छ ।

कृषि औजार वितरण सँगै किसानहरुलाई औजार सञ्चालन तथा सम्भार सम्बन्धी आधारभूत तालिम पनि दिइएको नामसालिङका कार्यक्रम संयोजक शशांकबाबु आचार्यले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे