दाङको घोराहीबाट साढे दुई लाख बढी नगद सहित सात जुवाडे पक्राउ



दाङको घोराहीबाट साढे दुई लाख बढी नगद सहित सात जुवाडे पक्राउ

सुमन केसी, तुलसीपुर ३ मंसिर  । दाङमा साढे दुई लाख बढी नगद सहित पक्राउ परेका सात जना जुवाडे विरुद्ध प्रहरीले जुवा ऐन अन्र्तगत मुद्धा चलाएको छ ।

बुधवार विहान साढे ३ बजे पक्राउ परेका घोराही उपमहागनरपालिका १६ मुनाटोलका पूर्णराज भण्डारी, सोही ठाउँका ३६ बर्षीय तेजप्रसाद गिरी, ३८ बर्षीय डम्मर डिसी, ४० बर्षीय प्रेमराज भण्डारी, २८ बर्षीय बिबेक भण्डारी, घोराही १७ का ३४ बर्षीय किशोर बुढामगर र २७ वर्षीय अजय भुसाल विरुद्ध जुवा सम्बन्धी कसुरमा मुद्धा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं डिएसपी सुमित खड्काले जानकारी दिएका छन् ।

जुवा खेलिरहेको भन्ने गोप्य सुचनाको आधारमा कार्यालयका प्रहरी निरीक्षक झविन्द्र परियारको नेतृत्वमा गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ परेको हो । उनीहरुको साथबाट ५ गड्डी तास सहित २ लाख ६८ हजार ३ सय १५ रुपैयाँ नगद बरामद गरेको डिएसपी खड्काले जानकारी दिएका छन् ।पक्राउ परेका माथी थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे