LISTEN LIVE RADIO

गढवामा सरकारी विद्यालयहरुकाे शिक्षक दरबन्दी मिलानकाे काम सम्पन्न



गढवामा सरकारी विद्यालयहरुकाे शिक्षक दरबन्दी मिलानकाे काम सम्पन्न

शिवराज पन्थी, गढवा ३ मंसिर ।

गढवा गाउँपालिका क्षेत्रका सरकारी विद्यालयहरुमा दरबन्दी मिलानको काम सकिएको छ । गाउँपालिकाको शिक्षा समितिको हालै सम्पन्न बृहत छलफलबाट साे बिषय टुंगो लगाइएको समितिका संयोजक एवं गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिएका छन् ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव श्रोत विकास केन्द्र शिक्षक व्यवस्थापन समन्वय शाखाको दरबन्दी मिलान तथा पुर्नवितरण निर्देशिकाको मापदण्ड बमोजिम दरबन्दी मिलानको काम गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख श्याम बिकले जानकारी दिए । कक्षागत विद्यार्थीको आधारमा शिक्षक थप गर्दा ४०, ४५ र ५० को ४० प्रतिशत अर्थात् ५७, ६३ र ७१ भएमा थप शिक्षक प्रदान गर्ने भएको छ ।

कक्षा १ देखि ३ संचालन भएका विद्यालय तर २० जना भन्दा कम्ति विद्यार्थी भएमा न्यूनतम १ जना, ५० जना सम्म भएमा न्यूनतम २ जना र ५० भन्दा बढी भएमा न्यूनतम ३ जना तथा १ देखि ५ कक्षा संचालन भएका विद्यालयहरु तर ३० जनाभन्दा कम बिद्यार्थी भएमा २ जना,८० जना भन्दा कम भएमा ३ जना र १२५ भन्दा कम भएमा ४ जना तथा १२५ भन्दा बढी विद्यार्थी भएमा ५ जना शिक्षक राख्ने मन्त्रालयको निर्देशिकाले व्यवस्था गरेको छ ।

यसैगरि १ देखि ६ सम्म संचालन भएका विद्यालयमा कक्षा ६ मा जत्ति नै विद्यार्थी भएपनि १ जना शिक्षक र कक्षगत विद्यार्थीको बढी विद्यार्थी भएमा थप शिक्षक प्राप्त हुने र कक्षा १–८ संचालन भएका विद्यालयहरुमा ६–८ को विद्यार्थी संख्या ५० भन्दा कम भएमा ३ जना र सो भन्दा बढी भएमा ४ जना र विद्यार्थी संख्याको आधारमा शिक्षक थप गर्नुपर्दा पहिलो बुँदाकै आधारमा हुने प्रावधान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे