दाङकाे बंगलाचुलीमा राष्ट्रिय जनमाेर्चाकाे समिती गठन



दाङकाे बंगलाचुलीमा राष्ट्रिय जनमाेर्चाकाे समिती गठन

दाङ २६ कार्तिक । दाङको बंगलाचुलीमा राष्ट्रिय जनमोर्चाको पालिका स्तरिय समितीको गठन भएको छ । सुमन घर्तीको अध्यक्षता एवम् पार्टीका जिल्ला अध्यक्ष गणेश आचार्यको प्रमुख आतिथ्यतामा भएको भेलाले सुमन घर्तीको अध्यक्षतामा १७ पूर्ण र ३ सल्लाहकार सहित २० जनाको समिती गठन गरिएकाे छ ।

जसकाे उपाध्यक्षमा भिमबहादुर खत्री, सचिबमा यमबहादुर घर्ती, सह सचिबमा भुमा बुढा, कोषाध्यक्षमा सुर्यबहादुर खत्री रहेका छन् । त्यसैगरी सदस्यहरुमा हुकुम राना, नरबहादुर जिसी, सोभाराम घर्ती, धनाकुमारी घर्ती, अनिता परियार, वीरबहादुर गोराथोकी, श्रीधर भण्डारी, बाबुराम राना, खगराज महरा, भरत भण्डारी, मिनराज पौडेल, भिमनिधि तिबारी रहेका छन् ।

त्यस्तै समितिको सल्लाहकारहरुमा तिलकराम घर्ती, भिमबहादुर बुढा र तोयबहादुर चुनारा रहेका छन् । भेलामा जिल्ला सदस्य तिलकराम घर्तीले निर्बाचित समितीलाई बधाइ दिएका थिए । भने नब निर्बाचित अध्यक्ष समुन घर्तीले प्रतिबद्धता मन्तव्य सहित कार्यक्रमको समापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे