LISTEN LIVE RADIO

शिक्षालय व्यवस्थापनमा कुनै बाधा नपु¥याउन आफ्ना पार्टीका कार्यकर्तालाई जसपाको हुइप



शिक्षालय व्यवस्थापनमा कुनै बाधा नपु¥याउन आफ्ना पार्टीका कार्यकर्तालाई जसपाको हुइप

पार्टीकाे हुइप नमान्नेलाइ अनडस्पाेट कावार्ही गर्ने चेतावनी

ओमप्रकाश गुप्ता, भालुवाङ २३ कार्तिक ।

राप्ती प्राविधिक शिक्षालयलाई व्यवस्थापन गर्ने विषयमा कुनै बाधा नपु¥याउन आफ्ना पार्टीका कार्यकर्तालाई जनता समाजवादी पार्टी नेपाल राप्ती गाउँपालिकाले हुइप जारी गरेको छ ।

पार्टीका राप्ती गाउँपालिका अध्यक्ष गिरबहादुर जिएमको अध्यक्षता एवम् पार्टीका संघीय परिषद् सदस्य तथा दाङ जिल्ला अध्यक्ष होमप्रसाद शर्माको प्रमुख आतिथ्यतामा आइतवार भालुवाङमा बसेको बैठकले राप्ती प्राविधिक शिक्षालय व्यवस्थापन र प्रदेशसभा सञ्चालनका लागि कुनै किसिमको असहयोग वा बाधा नपु¥याउन पार्टीले आफ्ना कार्यकर्तालाई हुइप जारी गरेको हो ।

बैठकले शिक्षालय व्यवस्थापनका विषयमा शनिवार राप्ती गाउँपालिकाले मसुरियामा आयोजना गरेको सर्वदलीय सर्वपक्षीय बैठकबाट सिटिईभिटिले छनोट गरेको उपयुक्त स्थानमा विद्यार्थीलाई असर नपर्ने गरी विवाद रहित रुपमा शिक्षालय स्थान्तरण गर्ने राजनीतिकदल र संघसंस्था बीच भएको साझा सहमतिलाई स्वागत तथा समर्थन जनाउँदै शिक्षालयमा प्रदेशसभा सञ्चालन र हिउँदे अधिवेशन गर्न पूर्णरुपले सहयोग गर्ने निर्णय गरेको छ ।

बैठकले शिक्षालय व्यवस्थापन र प्रदेशसभा सञ्चालन गर्ने विषयमा पार्टीका नेता तथा कार्यकर्ताबाट कुनै किसिमको असहयोग तथा बाधा पु¥याएको खण्डमा तत्काल पार्टीले कडा कारवाही गर्ने निर्णय गरेको छ ।

बैठकले शिक्षालय व्यवस्थापनका विषयमा पार्टीको नीति तथा निर्णय विपरीत कोही कसैले पनि समाजिक सञ्जाल वा सार्वजनिक स्थानमा आफु खुसी फरक विचार तथा धारणा नराख्न अनुरोध समेत गरेको छ । अन्यथा पार्टीको विधान अनुसार तत्काल कारवाही गरिने बताइएको छ ।
साथै बैठकले लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन स्थायी राजधानी राप्ती उपत्यका अन्तर्गत राप्ती गाउँपालिका वडा नम्बर ३ मा रहेको राप्ती प्राविधिक शिक्षालयमा गर्ने आन्तरिक गृहकार्य सुरु भए सँगै शिक्षालय व्यवस्थापनका लागि पार्टीको तर्फबाट पूर्णरुपले सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

बैठकमा पार्टीका दाङ जिल्ला सदस्य भानी पुन, निर्मला रोका मगर, खिमा थापा, पार्टीकी गाउँपालिका उपाध्यक्ष भुमि गुरुङ, सहसचिव फुलराम चौधरी, कोषाध्यक्ष युद्धबहादुर भुसाल, सदस्यहरु चिरञ्जीवि पुरी, दुखराम सार्की, मनिराम चौधरी, हरिफ चौधरी, खिमबहादुर सार्की, गिरिराज चौधरी, हिमबहादुर पुन, ईश्वरा राना र प्रेमबहादुर परियार लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे