LISTEN LIVE RADIO

शिक्षा भन्दा ठूलो सम्पत्ति केहि छैन : नगर प्रमुख शाह



शिक्षा भन्दा ठूलो सम्पत्ति केहि छैन : नगर प्रमुख शाह

कमलेश चन्द्र गुप्ता, कपिलवस्तु २१  कार्तिक ।

शिक्षा भन्दा ठूलो सम्पत्ति केहि न रहेको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले बताएका छन्।जिल्लाको कृष्णनगर नगरपालिकामा सञ्चालित उडान कक्षाका बालिकाहरूलाई साइकल वितरण कार्यक्रममा नगर प्रमुख शाहले यस्तो बताएका हुन्।

उडान छोरी शिक्षाले विद्यालय जान छोडेको र विद्यालय नगएका बालिकाहरुलाई नियमित विद्यालय अध्ययनमा महत्वपूर्ण सहयोग पुग्ने शाहले विश्वास व्यक्त गरे। उडान बालिका कक्षा शिक्षाले अन्धकारमा बितिरहेको बालिकाहरुको उज्ज्वल भविष्यतर्फ प्रोत्साहनमा महत्वपूर्ण भुमिकाको निर्वाह गरेको उनले बताए। “छोरी शिक्षित भए परिवारसहित पुरै समाज परिवर्तन हुन्छ अनि मात्र शिक्षित समुदायको कल्पना गर्न सकिन्छ” नगरप्रमुख शाहले भने।

शिक्षा भन्दा ठूलो पुजी केहि न रहेकोले बालिकाहरुलाई निरन्तर विद्यालय पठाई शिक्षित परिवार बनाउन नगर प्रमुख शाहले अभिभावकहरुसँग आग्रह समेत गरेका छन् । कृष्णनगर नगरपालिका, सिद्धार्थ सामाजिक विकास केन्द्र र केयर नेपालको संयुक्त साझेदारीमा सञ्चालित उडान कक्षाका १ सय ५६ बालिकालाई आज साइकल वितरण गरिएको हो । सिद्धार्थ सामाजिक विकास केन्द्रका कार्यक्रम संयोजक नारायण घिमिरेले बालिकाहरुलाई विद्यालय जान प्रोत्साहन गर्न साइकल वितरण गरिएको बताए ।

उनीहरुलाई साइकलबाट विद्यालय आवतजावतमा सहज पनि हुने उनले बताए । विचैमा विद्यालय जान छोडेका र विद्यालय नगएका बालिकाहरुलाई खोजी उडान सिकाई केन्द्रमा एक वर्षसम्म कक्षा सञ्चालन गरी पुनः विद्यालयमा भर्नाका लागि सो कक्षा सञ्चालन गरेको संयोजक घिमिरेले बताए । कार्यक्रममा कृष्णनगर नगरपालिकाका सुदीप मौर्या, अमर श्रीवास्तव, बिभिन्न उड़ान कक्षा का बालिका, अभिभावक,बुद्धजीवि, समाजसेबी लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम फिल्ड अफिसर तापस कुमार मिश्रको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे